गृह मन्त्रीको पहलमा सरकार र विप्लव समूहबीच वार्ता, हँसिलो हुँदै बारिए नेकपाका नेता
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको पहलमा नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बीच तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको छ ।
शनिबार गृह मन्त्रालयमा भएको वार्तामा २०७७ फागुन २० गते नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
‘सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सौहाद्रपूर्ण तरिकाले छलफल भयो’, प्रवक्ता पोखरेलले भनेका छन् ।
पोखरेलले फिर्ता लिन मिल्ने मुद्दा छिटो फिर्ता गर्ने विषयमा छलफल भएको बताए ।
नेकपाका नेता एवम् प्रवक्ता खड्गबहादुर विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्याकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाएका छन् ।
सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण वार्तामा प्रस्तुत भएको मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिए ।
नेकपा प्रवक्ता विश्वकर्माले तीन बँुदे सहमति कार्यान्वयनको टाइमलाइन वार्तामा बनाइएको जानकारी दिएका छन् ।
‘माग पूरा गर्न सरकार सकारात्मक देखिएको छ’, विश्वकर्माले भने, ‘केही विषय टुंगिएका पनि छन् । केही टुंगिने क्रममा छन् ।’
खड्गप्रसाद ओली नेतृत्वको तत्कालीन सरकारले विप्लवको नेकपासँग गरेको सहमति कार्यान्वयन गर्न गृहमन्त्री खाणले निरन्तर वार्ता गरिरहेका छन् ।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्री खाण, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानूनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी थिए ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया