शेखरद्वारा ओलीसँग गोप्य भेट, एमालेसँग साँठगाँठ
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीलाई कुनै पनि जानकारी नदिएर एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग गोप्य भेटवार्ता गरेका छन् ।
मंगलबार साँझ नेता कोइरालाले ओलीलाई बालकोटस्थित निवासमा पुगेर भेट गरेको उच्च स्रोतले जनाएको छ । कोइराला र ओलीबीच के कुराकानी भएको हो केही भनिएको छैन ।
ओलीलाई भेट्न जानुभन्दा अगाडि कोइरालाले पार्टीलाई जानकारी दिनुपर्ने थियो । तर, कोइरालाले कसैलाई पनि जानकारी नगराएको स्रोतले जनाएको छ ।
कांग्रेसभित्र गुटको राजनीति नगर्ने भनेर सभापतिमा उम्मेदवारी दिएर पराजित भएका कोइरालाले एमालेका अध्यक्षलाई पार्टी नेतृत्वलाई छलेर भेट गरेपछि आलोचना भएको छ ।
नेता कोइराला कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनको विरोधमा छन् । उनले एमालेका अध्यक्ष ओलीलाई भेट गरेर के गर्न खोजेका हुन् ? प्रश्न उठेको छ ।
ओलीले कांग्रेस नेतृत्वको सरकारलाई असफल बनाउन प्रतिनिधि सभाको बैठक अबरोध गर्दै आएका छन् ।
पार्टीभित्र विधि र विधानको कुरा गर्ने कोइरालाले आफै विधिलाई उल्लंघन गरेर ओलीलाई भेट गरेको आरोप छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया