परराष्ट्रमन्त्री डा.खड्काको जवाफ सुनेपछि मुर्छापरेको एमाले ब्यूँझियो
उदयपुर । नेपाली कांग्रेसका नेता एवम् परराष्ट्रमन्त्री डा.नारायण खड्काले सडकमा हो–हल्ला गरेकै भरमा स्थानीय निकायको निर्वाचनको मिति घोषणा नहुने बताएका छन् ।
शनिबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा मन्त्री खड्काले कसैको दबाबका आधारमा नभएर राज्यका ऐन नियमानुसार स्थानीय निकायको चुनावको मिति घोषणा गर्ने बताए ।
उनले स्थानीय चुनावका विषयमा सरकार र निर्वाचन आयोगबीच छलफल भएको र छिटै मन्त्रिपरिषद्ले मिति तोक्ने बताएका छन् ।
एमालेका केही भ्रातृ संगठनहरूले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नभन्दै सडकमा उत्पात मच्चाएका बेला मन्त्री खड्काले उनीहरूलाई जवाफ दिएका छन् ।
कांग्रेस नेतृत्वको सरकारले जेठको ४ गते स्थानीय तहको निर्वाचनको तयारी गरिरहेको छ । केही दिनभित्र सरकारले मिति घोषणा गर्दैछ । एमालेले अनावश्यक राजनीति गरिरहेको छ ।
मन्त्री खड्काले एमाले आफू सरकारमा हुँदा एमसीसी राष्ट्रको हितमा रहेको बताएका छन् ।
उनले एमसीसी संसदबाट पारित गराउन लागिपरेको भन्दै एमाले प्रतिपक्षीमा आएपछि अनाश्यक बिरोध गरेको बताए ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया