ओलीका अराजक ‘अरिँगाल’ले कांग्रेस नेता एवम् मन्त्री कार्कीलाई हातपातको प्रयास

काठमाडौं । एमालेको भ्रातृ संगठन अनेरास्ववियूका अराजक कार्यकर्ताले सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अपमान गरेका छन् ।

मंगलबार कालोझण्डा देखाउने बहानामा ललितपुरको पुल्चोकमा मन्त्री कार्की चढेको गाडीलाई बीच सडकमा रोकेर अपमान गरेका हुन् ।

प्रत्यक्षदर्शीहरूले एमालेका अराजक कार्यकर्ताहरूले मन्त्री कार्कीलाई गाडीबाट बाहिर निकालेर हातपात गर्ने प्रयास गरेको आरोप लगाएका छन् । समयमा सुरक्षाकर्मी आएर मन्त्री कार्कीलाई रेस्क्यु गरेको थियो ।

अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले सञ्चारमन्त्री कार्की चढेको गाडीलाई बाटो छेकेर कालो झण्डा देखाएको बताएकी छिन् ।

उनीहरूले मन्त्री कार्कीविरुद्ध मुर्दावादको नारा लगाएका थिए । कार्कीलाई अबरोध गरेपछि केही समयपछि आएको प्रहरीले प्रदर्शनकारीलाई हटाएको थियो ।

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिन मन्त्री कार्कीलाई कालोझण्डा देखाएको अध्यक्ष बरालले बताएकी छिन् ।

एमालेका ‘अरिँगाल’हरूले विद्यार्थीका नाममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री कार्कीलाई कालोझण्डा देखाउने बहानामा अपमान गरेका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) एमालेको भ्रातृ संगठन अनेरास्ववियूका कार्यकर्ताको अराजक हर्कतको बारेमा बोलेको छैन ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका अरिँगालहरूको हर्कतको नेपाली कांग्रेसका नेताहरूले निन्दा एवम् भर्त्सना गरेका छन् ।

शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने अधिकारलाई ओलीका अरिँगालहरूले दुरुपयोग गरेर हातपातमै उत्रिएपछि विरोध भएको छ ।

Published : Tuesday, 2022 February 1, 12:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया