एआईजी बढुवामा वरिष्ठता नमिच्न सुझाव, यी तीनको सम्भावना, जनजातीलाई बढुवामा रोक्ने प्रयास

काठमाडौं । नेपाल प्रहरीमा तीन जना डीआईजीलाई एआईजीमा बढुवाको चर्चा चलिरहेका बेला सक्षम, वरिष्ठता र समावेशिताका आधारमा बढुवा गर्नुपर्ने सुझाव सरकारलाई आएको छ ।

प्रहरीका तीन जना डीआईजीलाई एआईजीमा बढुवाका लागि अन्तिम तयारी भएको छ । एआईजी थप गर्ने गृह मन्त्रालयको प्रस्तावलाई अर्थ मन्त्रालयले समेत स्वीकृत गरिसकेको छ ।

जुरियर डिआईजीलाई बढुवाका लागि माओवादी केन्द्रका नेता एवम् अर्थमन्त्री जनार्दन शर्माले अनुचित दवाव दिएका कारण ढिलाई भएको उच्च स्रोतले जनाएको छ । अर्थमन्त्री शर्माले डिआईजी रविन्द्र धानुकलाई काखी च्यापरेर बोकेका छन् ।

डिआईजीबाट एआईजीमा बढुवाको तयारी भइरहेका बेला प्रहरीका वरिष्ठ, काबिल, सक्षम, इमान्दार डीआईजीलाई समावेशिताका आधारमा बढुवा गर्नुपर्ने माग उठेको हो ।

एसएसपीबाट डीआईजीमा बढुवा हुँदा धिरजप्रताप सिंह पहिलो नम्बरमा बढुवा भएका थिए । दोस्रोमा बसन्त लामा, तेस्रोमा रविन्द्रबहादुर धानुक, चौथोमा उत्तम सुवेदी र पाँचौँ नम्बरमा अरुण बिसीको बढुवा भएको थियो ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले तीन जना डिआईजीमध्यबाट बढुवा गर्दा वरीयता र समावेशितालाई समेत ध्यान दिएर बढुवा गर्ने हो भने पहिलो नम्बरमा धिरजप्रताप सिंह, दोस्रोमा बसन्त लामा र तेस्रोमा रविन्द्रबहादुर धानुकको बढुवा गर्नुपर्छ । यसरी बढुवा गर्दा वरिष्ठता पनि नमिचिने र समावेशिता पनि हुनेछ । प्रहरीभित्रको चेनअफ कमाण्ड पनि बच्नेछ ।

अन्यथा बढुवाका लागि चर्चामा आएका तीन डिआईजीको मात्र बढुवा हुने हो भने ती सबै क्षेत्री बाहुन मात्र हुनेछन् । समावेशिता हुनेछैन ।

कांग्रेस नेतृत्वको सरकारले सबैलाई मिलाएर वरिष्ठता र समावेशिताका आधारमा बढुवा गर्नुनै वैज्ञानिक हुने भनेर प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई सुझाव दिइएको छ ।

Published : Tuesday, 2022 February 1, 11:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया