प्रधानमन्त्री देउवाले तोके स्थानीय तह चुनावको मिति, ओलीको खुट्टा लुगलुग काम्यो

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठको पहिलो हप्ता हुने बताएका छन् ।

नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ नेतृत्वको टोलीसँग सोमबार बालुवाटारमा भएको भेटवार्तामा देउवाले जेठको पहिलो हप्ता स्थानीय तहको निर्वाचन गर्ने गरि तयारी भइरहेको बताए ।

बाग्मती कांग्रेसका सह–महामन्त्री ऋषिराम घिमिरले प्रधानमन्त्री देउवाको भनाइ उदृत गर्दै भने, ‘पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले स्थानीय तहको निर्वाचन जेठको पहिलो हप्ता हुन्छ भन्नुभएको छ । संभवत जेठको ४ गते हुनेछ ।’

बाग्मती कांग्रेसका सभापति बानियाँले स्थानीय तहको निर्वाचनका विषयमा विभिन्न समाचार र टिकाटिप्पणी आएको भन्दै प्रधानमन्त्री एवम् पार्टी सभापति देउवासँग जिज्ञासा राखेका थिए ।

त्यसको जवाफमा प्रधानमन्त्री देउवाले जेठको ४ गते स्थानीय तहको निर्वाचन गर्ने विचारमा आफू रहेको जानकारी गराएका थिए ।

एमालेले स्थानीय तहको निर्वाचनलाई लिएर विभिन्न फण्डाहरू गरिरहेका बेला प्रधानमन्त्री देउवाले पहिलो पटक स्थानीय तहको निर्वाचनका विषयमा प्रतिक्रिया दिएका छन् । देउवाको घोषणाले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको खुट्टा कामेको चर्चा शुरु भएको छ । कांग्रेसले अब स्थानीय तहको निर्वाचनको तयारी शुरु गरेको देउवाको भनाइ छ ।

सभापति बानियाँले बाग्मती कांग्रेसको गतिविधि र तयारीहरूका विषयमा देउवालाई जानकारी गराएको सह–महामन्त्री घिमिरले बताएका छन् ।

बाग्मती कांग्रेसको नयाँ कार्यसमितिले पहिलो पटक संयुक्त रुपमा पार्टी सभापति देउवासँग बालुवाटारमा भेट गरेको छ ।

देउवाले बाग्मती कांग्रेसका सभापति बानियाँसहितका नयाँ पदाधिकारी र सदस्यहरूलाई बधाइ तथा शुभकामना समेत दिएका छन् ।

Published : Monday, 2022 January 31, 11:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया