चीनका शक्तिशाली भीभीआईपीसँग प्रचण्डको गोप्य वार्ता, अग्निले गरे मालिक खुसी हुने हर्कत

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा चर्काचर्की भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख सोङ ताओबीच गोप्य वार्ता भएको छ ।

शनिबार दाहाल र ताओबीच भर्चुअल कुराकानी भएको स्रोतले जनाएको छ ।

एमसीसीलाई संसदबाट अनुमोदन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले प्रयास गरिरहेका बेला दाहालले चिनियाँ नेता ताओसँग गोप्य वार्ता गरेका हुन् । चीनले एमसीसी नेपालमा लागू हुन दिने पक्षमा छैन । एमसीसी परियोजना रोक्न चीनले आफ्ना एजेन्ट र दलालहरूलाई नेपालमा सक्रिय बनाएको छ ।

दाहालले ताओसँग कोठामा एक्लै बसेर कुराकानी गरेका थिए । ताओ भने अन्य नेताहरूसँग बसेर कुराकानी गरेका थिए ।

चीनका विदेश विभाग प्रमुख ताओसँग भएको सम्वादलाई माओवादी केन्द्रका अध्यक्ष दाहालले लुकाएका छन् । सो विषयमा केही पनि भनिएको छैन ।

सीसीपीको विदेश विभागले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भएको गोप्य वार्ताबारे सार्वजनिक गरेको छ ।

चिनियाँ विदेश विभागका प्रमुख ताओले बेल्ट एण्ड रोड ढाँचाअन्तर्गत ठूला परियोजनाहरूलाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै र विभिन्न क्षेत्रहरूमा व्यवहारिक कार्यान्वयन पनि उल्लेख गरेका छन् ।

पूर्वप्रधानमन्त्रीको हैसियतमा विदेशीसँग भेटवार्ता गर्दा अध्यक्ष दाहालले परराष्ट्र मन्त्रालयलाई जानकारी दिएका छैनन् ।

नेपालमा कूटनीतिक आचारसंहिता जारी गरे पनि कुनै पनि राजनीतिक दलका पूर्वप्रधानमन्त्री भइसकेका नेताहरूले विदेशीलाई भेट्दा परराष्ट्र मन्त्रालयलाई खबर गर्ने गरेका छैनन् ।

अध्यक्ष दाहालले चिनियाँ विदेश विभागका प्रमुख ताओसँग गोप्य वार्ता गर्नेवित्तिकै सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक १० दिन परसारेका छन् ।

प्रधानमन्त्री देउवाले एमसीसी संसदमा पेश गर्ने सूचना पाएपछि चीनको दवाव र अध्यक्ष दाहालको निर्देशनमा सभामुख सापकोटाले संसद बैठक सारेको चर्चा छ ।

Published : Monday, 2022 January 31, 4:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया