यी हुन् वायुसेवा निगमका तीन जना नालायकहरू, बर्खास्त गर्न कर्मचारीहरूको माग
काठमाडौं । नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले नेपाल वायु सेवा निगम कौडीको भाउमा बिक्री गर्न हर्कत गर्ने तीन जना नालायकहरूलाई बर्खास्त गर्न माग गरेको छ ।
समितिले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई ज्ञापन पत्र बुझाएर निगम सञ्चालक समितिका सदस्यहरू डिमप्रसाद पौडेल, फुर्वा ग्याल्जे शेर्पा र ईश्वरी पौडेललाईलाई बर्खास्त गर्न माग गरेको हो ।
समितिले उनीहरूलाई सञ्चालक समितिको बोर्ड सदस्यबाट तत्काल बर्खास्त गरेर निगमलाई बचाउन मन्त्री आलेसँग आग्रह गरेको छ ।
उनीहरूले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न गोप्य चलखेल गरेका थिए । संघर्ष समितिले दोहामा ग्राउण्डे भएको निगमको जहाजको ईन्जिन तत्काल बनाउनुपर्ने निर्णय गर्नुपर्नेमा ती तीन जना बोड सदस्यहरूले उक्त ईन्जिन मर्मत गर्ने विषयमा निर्णयको खलल पुग्नेगरी वक्तव्य जारी गरेको आरोप समितिले लगाएको छ ।
‘नेपाल सरकारले नेपाल वायुसेवा निगमलाई हाल सरकारी स्वामित्वमै सञ्चालन गर्ने निर्णय गरिसकेको अवस्थामा ती बोर्ड सदस्यहरूले फेरि कम्पनीकरण/निजीकरण गर्नुपर्छ भन्दै नेपाल सरकारको निर्णय र योजनाविरुद्ध कार्य गरेका छन्’, संयुक्त संघर्ष समितिले जनाएको छ ।
ज्ञापन पत्रमा भनिएको छ, ‘चिनियाँ जहाजको प्रभावकारी ढंगले सञ्चालन गरि आन्तरिक उडानमा अन्य जहाज खरिद भई नआएसम्म सञ्चालन गर्नका लागि छलफल अगाडि बढिरहेको अवस्थामा उक्त जहाजहरू सञ्चालनमा ल्याउने विषयमा छलफल नै हुन सक्दैन भनि विज्ञप्ति जारी गरेकोले तीन जना बोर्ड सदस्यहरूलाई बर्खास्त गर्नुपर्छ ।’
ज्ञापन पत्रमा राजु श्रेष्ठ (अध्यक्ष, नेराकस, नेवानि), मानवहादुर कुँवर, अध्यक्ष, नेवानि कर्मचारी संघ), सुवास डाँगी (अध्यक्ष, नेवानि कर्मचारी यूनियन)ले हस्ताक्षर गरेका छन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया