चाइनिज दलालले औकात देखाएपछि देउवाले दाहालको सातो लिए, ओलीसँग सुटुक्क भेट

काठमाडौं । प्रतिनिधि सभाका बैठक १० दिन स्थगित गरेको घटना बाहिर आएका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार भएको भेटमा देउवा र दाहालबीच संसदको बैठक लामो समय स्थगित भएको विषयमा परामर्श भएको हो । प्रधानमन्त्री देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पनि परामर्श गरेका छन् ।

देउवाले एमसीसीलाई अनुमोदनका लागि संसदमा पेश गर्ने तयारी गरेका थिए । सोही बेला माओवादीका नेता समेत रहेका सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठकलाई अस्वभाविक रुपमा आइतबार राति दश दिनका लागि सारेका थिए ।

सभामुख सापकोटा एमसीसी पारित गराउने पक्षमा छैनन् । यसअघि पनि तत्कालीन सभामुख कृष्णबहादुर महराले पनि एमसीसीलाई रोक्ने प्रयास गरेका थिए । महरा पनि चीन निकटका नेता हुन् ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन अगाडि एमसीसीलाई पारित गर्ने पक्षमा छन् । माओवादीका अध्यक्ष दाहालले एमसीसीलाई निर्वाचनभन्दा अगाडि संसदबाट पास गर्ने पक्षमा छैनन् ।

सभामुख सापकोटालाई चीन समर्थकको आरोप लाग्दै आएको छ । एमसीसी संसदबाट पारित नहोस् भन्ने पक्षमा चीन छ । एमसीसीलाई नेपालमा रोक्न चीन र त्यसका एजेन्टहरू हातधोएर लागेका छन् ।

यसैबीच, सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख विपक्षी दल एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग परामर्श गरेका छन् ।

कार्की र ओलीबीच संसदको अबरोध हटाउने, स्थानीय तहको निर्वाचनसम्बन्धी कानूनमा भएको अस्पष्टता र एमसीसी पारित गर्ने विषयमा परामर्श भएको बुझिएको छ ।

प्रधानमन्त्री देउवाको सन्देश बोकेर सञ्चारमन्त्री कार्की ओलीलाई भेट्न सोमबार बिहान बालकोट पुगेका हुन् । देउवाले ओलीसँग सुधारको प्रयास पनि गरिरहेका छन् ।

ओली एमसीसी पारित गर्ने पक्षमा छन् । ओलीले प्रधानमन्त्री देउवालाई एमसीसी पारित गराउन सहयोग गर्ने आश्वासन दिइसकेका छन् ।

Published : Monday, 2022 January 31, 1:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया