जाहेरी परेपछि ओलीको सातोपुत्लो उड्यो
काठमाडौं । कोरोना संक्रमित एमालेका अध्यक्ष खड्गप्रसाद ओली सार्वजनिक कार्यक्रममा सहभागी भएपछि कारबाहीको माग गरेर जिल्ला प्रशासन कार्यालय भक्तपुरमा जाहेरी परेको छ ।
आइतबार ओलीलाई संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको भन्दै कारवाहीको मागसहित निवेदन परेको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाका अभिजित अधिकारीले संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्न माग गर्दै उजुरी दिएका हुन् ।
उजुरीकर्ताले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफु कोभिड संक्रमित हुँदाहुँदै एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रमम सहभागी भइ हुलहुज्जत गरी आफुलाई सामान्य संक्रमण मात्र भएको भाषण गरेको उल्लेख गरेका छन् ।
एमालेका अध्यक्ष ओलीलाई कानून बमोजिम आवस्यक कारवाही गर्न उनको माग छ ।
कोरोना संक्रमण भएको चौथो दिन एमालेका अध्यक्ष ओली बालकोटमा युवा संघले राखेको रक्तदानको कार्यक्रममा सहभागी भएका थिए ।
ओलीविरुद्ध प्रशासनमा उजुरी परेपछि एमाले र बालकोटमा खैलाबैला भएको छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया