कांग्रेससहितका दलहरूको बोल्ड निर्णय, एमाले झस्कियो

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ ।

शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा कानूनमा देखिएका समस्यालाई सुधार गरेर जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘उच्चस्तरीय राजनीतिक संयन्त्रले प्रधानमन्त्रीमार्फत् सरकारलाई सुझाव दिएको छ ।’

‘संविधानअनुसार कानूनमा संशोधन गर्नुपर्ने भए त्यो तयार गर्न पनि सुझाव दिएको छ’, कार्कीले भने, ‘अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तोक्नेछ ।’

नेपाली कांग्रेसभित्र समेत निर्वाचन सार्न हुने वा नहुने भन्ने विषयमा मत विभाजन हुन थालेको थियो ।

स्थानीय तहको निर्वाचन हुने भएपछि कांग्रेसप्रति जनताको अपेक्षा बढेर गएको छ ।

बाहिर जे भने पनि एमालेले स्थानीय तहको निर्वाचन अहिले चाहेको थिएन । कांग्रेस नेतृत्वको गठबन्धनको चुनावसम्बन्धी निर्णयले एमालेलाई तनाब भएको छ ।

Published : Saturday, 2022 January 29, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया