देउवाको निर्देशनमा गगनको प्रस्ताव पहिलो पटक सर्वसम्मत अनुमोदन

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।

शुक्रबार भर्चुअलबाट बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यसम्पादन गठन गर्ने निर्णय गरेको हो ।

बैठकका क्रममा पार्टी कार्यालय सानेपामा उप–सभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको उपस्थिति रहेको थियो ।

सभापति शेरबहादुर देउवाको निर्देशन बमोजिम महामन्त्री गगनकुमार थापाले बैठकमा प्रस्तुत गरिएको कार्यसम्पादन समिति गठनसम्बन्धी प्रस्ताव पारित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २३ (१) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी केन्द्रीय कार्यसमितिका सभापति शेरबहादुर देउवा, उप–सभापति पूर्णबहादुर खड्का, उप–सभापति धनराज गुरुङ्ग, महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मालाई चयन गरिएको छ ।

सह–महामन्त्रीहरू फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्गदेम्वे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार पदेन रुपमै कार्यसम्पादन समितिमा रहनेछन् ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २३ (२) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूमा रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला चयन भएका छन् ।

चित्रलेखा यादव, डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा.प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा.शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा.नारायण खड्का, जीपछिरिङ्ग लामा कार्यसम्पादन समितिमा चयन भएका छन् ।

सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही, आनन्दप्रसाद ढुंगानालाई केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा अनुमोदन गरिएको छ ।

Published : Friday, 2022 January 28, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया