कोरोना संक्रमित ओली ‘छाउरा–छाउरी’को कार्यक्रममा सहभागी, जेल सजाय हुन सक्ने

काठमाडौं । कोरोना संक्रमित एमालेका खड्गप्रसाद ओली सार्वजनिक कार्यक्रममा सहभागी भएर कोरोना फैलाउने हर्कतको मतियार बनेका छन् ।

कोरोना संक्रमण भएको चौथो दिनमा ओली सार्वजनिक कार्यक्रममा सहभागी भएर स्वास्थ्यसम्बन्धी कानूनलाई धज्जी उडाएका हुन् । ओलीलाई माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बुधबार बालकोटमा एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पुगेर सहभागिता जनाएका हुन् ।

कार्यक्रममा एमालेका नेताहरू गोकुल बाँस्कोटा, महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेललगायत दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ओलीको पूर्णकदको तस्बिरसहितको ब्यानरमा शीघ्र स्वास्थ्यलाभको कामना श्रद्धेय अध्यक्ष केपी शर्मा ओली भनेर समेत लेखिएको थियो ।

कार्यक्रममा पुगेका ओलीले आफूलाई कोरोना संक्रमण भएको पनि बताएका थिए ।

ओलीले तपाईंहरू आफै पनि डिस्ट्यान्स मेन्टेन गरेर बस्नुस् न’ भन्दा एउटी महिला कार्यकर्ताले हामीलाई बा भएपछि केही पनि हुँदैन, हामी स्ट्रोङ छौं’ भनेकी थिइन् ।

एमालेको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले माघ ११ गते ओलीको स्वास्थ्यबारे जानकारी दिन एउटा विज्ञप्ति जारी गरेका थिए ।

‘अध्यक्ष ओलीले कोभिड संक्रमणका कारण विगत चार दिनदेखि भक्तपुर बालकोटस्थित आफ्नो निवासमा आराम गरिरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ विज्ञप्तिमा भनिएको थियो ।

विज्ञप्ति जारी गरेको एक दिनपछि नै ओली सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना संक्रमित ओली सहभागी कार्यक्रमबारे आफूलाई जानकारी नभएको बताएकी छिन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ ६ गतेदेखि कोरोना संक्रमण फैलिन नदिनका लागि एक आदेश जारी गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोना संक्रमण पुष्टि भएका वा संक्रमणको लक्षण देखिएकाहरूलाई कम्तिमा पनि सात दिन आइसोलेसनमा बस्न हरेक दिन अनुरोध गरिरहेको छ ।

ओलीका कारण कोरोना फैलिएको पुष्टि भएमा जेलसम्मको सजाय हुने कानूनी व्यवस्था छ । तर, ओली र उनका छाउराछाउरीले कानूनलाई उल्लंघन गरेर सर्वसाधारणको जनस्वास्थ्यमाथि खेलवाड गरेका छन् ।

ओली साधारण व्यक्ति होइनन् । उनी प्रमुख विपक्षी दलको नेता, पूर्वप्रधानमन्त्री समेत हुन् । ओली जस्तो व्यक्तिले कोरोना भएकै बेला सार्वजनिक कार्यक्रममा सहभागी हुनुलाई सर्वसाधारणले सहज रुपमा लिएका छैनन् ।

Published : Thursday, 2022 January 27, 8:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया