अहँकारी एमालेलाई सोत्तर बनाएपछि देउवाले बोलाए पार्टीको बैठक

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा अहँकारी प्रमुख प्रतिपक्ष दल एमालेलाई सोत्तर बनाएपछि नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमद्वारा बोलाएका हुन् । बैठक माघ १४ गते दिउँसो ३ बजे बस्ने बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा छलफल हुनेछ । राष्ट्रिय सभाको निर्वाचनको पनि समीक्षा हुनेछ ।

भर्चुअल बैठकको लिङ्क पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई एसएमएसमार्फत पठाइएको छ । कोरोना महामारीका कारण कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक भुर्चुअलमार्फत बोलाएको हो ।

नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनले एमालेलाई राष्ट्रिय सभा निर्वाचनमा पराजित गरेका छन् । एमालेले १ सिट मात्रै जितेको छ । बाँकी सबै गुमाएको छ ।

कांग्रेस एक्लै निर्वाचनमा प्रतिस्पर्धा गरेको भए पराजित हुने थियो ।

राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसलाई आवश्यक पर्ने मत छैन । ५ दलीय गठबन्धनमार्फत कांग्रेसले एमालेलाई भित्तामा पु¥याइदिएको छ ।

Published : Thursday, 2022 January 27, 7:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया