ओलीका मान्छेलाई महाअभियोगबाट फाल्ने बाटो खुल्यो, देउवाले एमालेलाई औकातमा झारिदिए

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनसँग राष्ट्रिय सभामा एमालेको तर्फबाट अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सिनालाई हटाउन बहुमत पुगेको छ ।

अध्यक्ष तिमिल्सिनाले एमालेका निर्देशनमा सरकारलाई अफ्ठ्यारो अवस्था सिर्जना गरेमा ५ दलीय गठबन्धनले महाअभियोग लगाएर जति बेला पनि हटाउन सक्नेछन् ।

राष्ट्रिय सभाको बुधबारको मत परिणामले ५ दलीय गठबन्धनलाई दुईतिहाइको बहुमत नजिक पु¥याइदिएको छ ।

एमालेले राष्ट्रिय सभामा ७ वटा सिट गुमाएको छ । २० फागुनपछि एमाले राष्ट्रियसभामा १७ सिटमा खुम्चनेछ ।

५९ सदस्यीय राष्ट्रियसभामा फागुन २० गतेपछि एमालेको संख्या १७ हुनेछ । लोकतान्त्रिक समाजवादी पार्टीका एक सांसद हुनेछन् ।

५ दलीय गठबन्धनले जति बेला पनि एमालेलाई सबक सिकाउन राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको पद खाइदिन सक्छन् ।

माओवादी केन्द्रका १५, नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी)का ९, जनता समाजवादी पार्टी, नेपाल (जसपा)का ३ र राष्ट्रिय जनमोर्चा (राजमो)का १ सांसद रहनेछन् ।

५ दलीय गठबन्धनसँग ३८ सांसद हुनेछन् । स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि गठबन्धन निकट हुन् ।

राष्ट्रपतिबाट मनोनीत सांसद बामदेव गौतमले एमालेलाई साथ दिएका छैनन् ।

रामनारायण बिडारीको स्थानमा मन्त्रिपरिषदबाट सिफारिश भई राष्ट्रपतिबाट मनोनीत सांसद हुनेछन् ।

२० फागुनपछि सत्ता गठबन्धनमा ३८ र पक्षधर १ गरी ३९ सांसद हुनेछन् ।

महाअभियोग प्रस्ताव पारित गर्न ५९ सदस्यीय राष्ट्रियसभामा ४० सांसदको साथ भए पुग्छ ।

राष्ट्रिय सभाको बैठकलाई एमालेको चाहना बमोजिम अध्यक्ष तिमिल्सिनाले चलाएको भनेर आरोप लाग्दै आएको छ ।

तिमिल्सिनाले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको उक्साहटमा सरकारलाई असर पर्ने गरेर चलाउँदै आएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अब आफ्नो सरकारलाई एमालेबाट असहयोग भयो भने राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई जति बेला पनि हटाउन सक्नेछन् ।

Published : Thursday, 2022 January 27, 1:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया