राष्ट्रिय सभामा देउवाले कांग्रेसका छ जनालाई नै जिताए, एमालेलाई बार्दलीमा पुर्‍याए

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ५ दलीय सत्ता गठबन्धन गरेर राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसका ६ जना उम्मेदवारहरूलाई जिताएका छन् ।

देउवाले पुस १९ गते बसेको केन्द्रीय कार्यसमितिको निर्णयबाट ६ जनालाई टिकट दिएका थिए ।

प्रदेश नं. १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ, लुम्बिनी प्रदेशमा र युवराज शर्मा र सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रले टिकट पाएका थिए ।

गठबन्धन नगरेर एक्लाएक्लै राष्ट्रिय सभाको निर्वाचनमा प्रतिस्पर्धा गरेको भए कांग्रेसले एउटा पनि सिट जित्ने अवस्था थिएन ।

सभापति देउवाले नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धन बनाएर राष्ट्रिय सभाको निर्वाचनमा जित हासिल गरेका छन् ।

एमालेलाई साइजमा ल्याइदिएका छन् । एमालेले प्रदेश १ मा बल्लबल्ल १ सिट जितेको छ । बाँकी सबै स्थानमा पराजय भोग्नुपरेको छ । देउवाले एमालेलाई राष्ट्रिय सभाको निर्वाचनमा बार्दलीमा पुर्‍याइदिएका छन् ।

कांग्रेसबाट टिकट पाएका सबै उम्मेदवारको शानदार जित भएको छ । देउवाले ५ दलीय सत्ता गठबन्धन गरेको भनेर पार्टीभित्र आलोचना हुँदै आएको छ ।

नेता शेखर कोइराला, उप–सभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, अर्जुन नरसिंह केसीलगायतका सीमित नेताहरूले गठबन्धनको विरोध गर्दै आएका छन् । उनीहरूले भने जस्तो गरेर कांग्रेसले गठबन्धन नगरेर राष्ट्रिय सभाको निर्वाचनमा गएको भए एउटा सिट पनि आउँदैन थियो ।

तर, देउवाले गठबन्धन गरेर पार्टीको ६ जनालाई नै जिताएर देखाइदिएका छन् । कांग्रेसभित्र देउवाले सहमति गरेर जान खोजेका छन् । सहमति गरेरै देउवाले सबैलाई मिलाएर टिकट वितरण गरेका थिए ।

देउवाको भाषण बुझिँदैन । देउवाले गर्ने काम सबैले बुझछन् । सभापति एवम् प्रधानमन्त्री देउवाले समय परिवेश बुझेका छन् । बरु आलोचना खेप्न तयार हुन्छन् । अरुको खुलेर बिरोध गर्दैनन् ।

देउवाकै कारण राष्ट्रिय जनमोर्चाले एउटा सिट जितेको छ । गठबन्धनका अन्य दलहरूले पनि शानदार जित हासिल गरेका छन् ।

Published : Wednesday, 2022 January 26, 7:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया