सर्वसाधारणको मागअनुसार सशस्त्र प्रहरीमा गृह मन्त्रीको बोल्ड निर्णय

काठमाडौं । बोर्डर आउट पोष्ट (बीओपी)को माग बढेपछि सशस्त्र प्रहरी बल, नेपालमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)को दरबन्दी थप गरेर व्यवस्थापन गर्ने निर्णय भएको छ ।

सशस्त्र प्रहरीको ओएनएम रिपोर्टका आधारमा गृह मन्त्रालयले एउटा दरबन्दी थप गरेर एआईजीको संख्या तीन पु¥याउने निर्णय गरेको उच्च स्रोतले जनाएको छ ।

गृह मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले पनि एआईजी थप्न सैद्धान्तिक सहमति दिइसकेको छ ।

सशस्त्र प्रहरीमा दुई जना एआईजी छन् । ती एआईजीमध्ये एकजनाले मानव श्रोत र प्रशासन विभाग हेर्दै आएका छन् ।

अर्का एआईजीले कार्य विभाग र सीमा सुरक्षा विभाग हेर्दै आएका छन् ।

एआईजीको दरबन्दी थप हुनेवित्तिकै सशस्त्र प्रहरीमा कार्य विभाग र समा सुरक्षा विभागलाई अलग गरिनेछ ।

तीन वटा विभागलाई तीन जना एआईजीले नेतृत्व गर्नेछन् । त्यसपछि कार्यसम्पादनमा सहज हुने जनाइएको छ ।

बीओपीको संख्या धेरै छन् । जनस्तरबाट बीओपीको माग पनि बढ्दै आइरहेपछि गृह मन्त्रालयले सशस्त्र प्रहरीमा बीओपीका लागि सीमा सुरक्षा विभाग बनाउन लागेको हो ।

सशस्त्र प्रहरीमा दुई जना डीआईजी खड्गजीत राई र मनदीप श्रेष्ठ छन् । उनीहरूमध्येबाट एआईजीमा बढुवा गर्ने सम्भावना रहेको छ ।

सशस्त्र प्रहरी बलद्वारा जनस्तरबाट बीओपीको माग हुने क्रम बढेको भन्दै गृहमन्त्री बालकृष्ण खाणलाई जानकारी गराएको थियो ।

त्यसपछि खाणले पनि ओएनएमको सुझावअनुसार एआईजीको दरबन्दी थप गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए ।

बीओपीको संख्या थप हुँदा सर्वसाधारणलाई सुरक्षाको अनुभूति भएको छ ।

Published : Wednesday, 2022 January 26, 6:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया