लुम्बिनीमा राष्ट्रिय सभामा कांग्रेससहितको गठबन्धनले जित्यो, पत्तासाफ हुनेगरि एमाले पराजित

घोराही । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको चुनाव नेपाली कांग्रेस नेतृत्वको सत्तारूढ गठबन्धनले जितेको छ ।

नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)का राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्मा विजयी भएका छन् ।

एमालेका भारती उपाध्याय खनाल, कृष्ण सुनार, रामदयाल गुप्ता पराजित भएका छन् ।

अन्तिम मतपरिणाममा गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन् ।

एमालेका उम्मेदवारका पक्षमा ३३१२ मतभार पुगेको छ । मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ ।

तीन जना राष्ट्रिय सभा सदस्य छान्न ८१ प्रदेश सभा सदस्यले मत हालेका थिए । स्थानीय तहका २१३ मतदाताले भोट खसालेका थिए ।

Published : Wednesday, 2022 January 26, 4:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया