ओलीको पुच्छर बनेका ठाकुरको पार्टी फेरि फुट्ने, महतोद्वारा बहिष्कार

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको पुच्छर बने पार्टी विभाजन गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोबीच बोलचाल बन्द भएको लामो समय भइसकेको छ ।

ठाकुर लोसपाका अध्यक्ष पनि हुन् । महतो लोसपाका वरिष्ठ नेता हुन् । उनीहरूले लामो समयदेखि एकअर्कालाई हेर्न चाहेका छैनन् ।

त्यसको प्रमाण सोमबार देखिएको छ । नेपाल सद्भावना पार्टी नेपालका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको २०औं पूण्यतिथिको अवसरमा ठाकुर र महतोले अलग–अलग कार्यक्रम गरेर पूण्यतिथि मनाएका छन् ।

लोसपाका अध्यक्ष ठाकुरले आयोजना गरेको कार्यक्रम वरिष्ठ नेता महतोले बहिष्कार गरेका छन् ।

अध्यक्ष ठाकुरले बबरमहलस्थित पार्टी कार्यालयमा पूण्यतिथिको कार्यक्रम राखेका थिए ।

नेता महतोले सिंहको पूण्यतिथि आफ्नो सम्पर्क कार्यालयमा छुट्टै कार्यक्रमको आयोजना गरेर मनाएका छन् । अनामनगरस्थित कार्की भवनमा नेता महतोको सम्पर्क कार्यालय रहेको छ ।

महतोले पार्टी कार्यालय नगई कार्की भवनमा बसेर आफ्ना पार्टीका सम्पूर्ण गतिविधि गरिरहेका छन् ।

यसअघि माघ ५ गते बलिदानी दिवसको अवसरमा अध्यक्ष ठाकुरले आयोजना गरेको कार्यक्रमलाई पनि नेता महतोले बहिष्कार गरेका थिए ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग ठाकुर र महतो निकै निकट मानिन्छन् । ओली प्रधानमन्त्री बनेका बेला ठाकुर र महतो सरकारमा सहभागी हुन पार्टी नै विभाजन गर्न पुगेका थिए । त्यसको असर अहिले पनि देखिएको छ । ठाकुर र महतो मिल्न सकेका छैनन् ।

Published : Tuesday, 2022 January 25, 11:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया