कांग्रेस नेता शाहीले कम्युनिस्टले जस्तो सम्पत्ति लुकाउन ससुराली देखाएनन्, इमान्दारिता देखाए

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

शाहीले पुर्ख्यौली जिल्ला हुम्लामा घरजग्गाका साथै काठमाडौंमा पनि घरजग्गादेखाएका छन् ।

कम्युनिस्टहरूले आफ्नो सम्पत्ति लुकाउने गरेका छन् । कम्युनिस्टले सम्पत्ति पनि पत्नीको नाममा देखाउने र ससुरालीले दिएको भनेर बताउने गरेका छन् ।

तर, नेपाली कांग्रेसका नेता समेत रहेका मुख्यमन्त्री शाहीले ससुरालीले सम्पत्ति दिएको भनेर कतै पनि विवरणमा उल्लेख गरेका छैनन् । शाहीले इमान्दारिताका साथ सम्पत्तिको जानकारी दिएका छन् । सम्पत्तिको स्रोत खुलाएका छन् ।

मुख्यमन्त्री शाहीले श्रीमती बसन्तीकुमारी शाहीको नाममा विभिन्न ठाउँमा घरजग्गा, सुनचाँदी र शेर लागानी रहेको विवरण पेश गरेका छन् ।

उनले बैंकबाट ऋण लिएको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । मुख्यमन्त्री शाहीको नाममा पनि जग्गाजमीन देखिएको छ ।

शाहीसँग ५६ तोला सुन, २ किलो चाँदी र तीन लाख बराबरको रप, औँठी र नवरत्न सम्पत्ति छ । उनले ९५ लाखको कार पनि रहेको उल्लेख गरेका छन् ।

शाहीले पेश गरेको सम्पति विवरण अनुसार आफू र श्रीमतीको नाममा हुम्ला दुई र काठमाडौंमा एक गरी तीनवटा घर, हुम्ला, बाँके र काठमाडौंमा गरी पाँच ठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ ।

हुम्लाको सिमकोट ६ मा ३७३ कित्ता नम्बर र ७२३.७५ क्षेत्रफल वर्ग किलोमिटर, काठमाडौं महानगरपालिका १६ मा १६३ कित्ता नम्बर र ३३०.७५ क्षेत्रफल, श्रीमती वसन्ती शाहीको नाममा हुम्ला जिल्लाको सिमकोट ६ मा १८१ कित्ता नम्बर र ५४८.२५ क्षेत्रफलमा जग्गा, बाँके जिल्लाको खजुरामा २ बिघा जग्गा रहेको उल्लेख गरिएको छ ।

सम्पती सबै पुर्ख्यौली तथा जागिर र व्यापार, व्यवसायबाट खरिद गरेको उल्लेख गरिएको छ ।

७ वटा बैंक तथा वित्तीय संस्थाहरूमा आफनो र श्रीमतीको नाममा १ करोड २० लाख रुपियाँ बचत देखाएका छन् । शाहीसँग १३ हजार कित्ता शेयर रहेको छ ।

मुख्यमन्त्री शाहीले १ करोड ७२ लाख ऋण लिएको देखाएका छन् ।

हुम्लामा चौरी, जुमा, गाई, गोरु गरेर १२ वटा, घोडा दुई वटा र भेडाबाख्रा ५० वटा रहेको शाहीले जनाएका छन् ।

Published : Tuesday, 2022 January 25, 10:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया