सम्मान नगरेको भन्दै साँढे मन्त्रीद्वारा उपाध्यक्ष र सचिवको राजीनामा माग, बोलचाल बन्द

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफूलाई कर्मचारीहरूले स्वागत र सम्मान नगरेको भन्दै राजीनामा माग गरेको खुलासा भएको छ ।

कात्तिक १४ गते भैरहवामा राष्ट्रपति विद्यादेवी भण्डारी गएका बेला आफ्नो सम्मान नगरेको भन्दै मन्त्री आलेले उपाध्यक्ष अवधेश त्रिपाठी र सदस्यसचिव सानुराजा शाक्यको राजीनामा सार्वजनिक रूपमै मागेका थिए ।

अस्वस्थ भएको भन्दै त्रिपाठी मंसिर ११ गतेको बैठकमा गएका थिएनन् । त्रिपाठी व्यक्तिगत कामभन्दै मंसिर २६ गतेबाट दुई महिनाको बिदा लिएर बसेका छन् ।

त्यति मात्रै कहाँ होर ? मन्त्री आलेले पदीय आचरण विपरीत पर्यटन बोर्डका सदस्य सचिव धनञ्जय रेग्मीलाई समेत मानमर्दन हुने गरेर अभिव्यक्ति दिएका छन् । लण्डनको पूर्वनिर्धारित कार्यक्रममा बोल्न नदिएको, सम्मान नगरेको लगायतका आरोप लगाउँदै आलेले जथाभावी बोल्नेदेखि राजीनामा माग गर्ने जस्ता हर्कत गर्दै आएका छन् ।

कर्मचारीहरूलाई हप्कीदम्की गर्ने, मानमर्दन गर्ने, कर्मचारीलाई साँढे भनेर अपमान गर्ने, व्यापारीको लगानी डुबाउने गरेर बदनाम गर्ने जस्ता हर्कत मन्त्री आलेले गर्दै आएका छन् ।

कर्मचारी र व्यवसायीहरूविरुद्ध तल्लो तहमा उत्रिएर अभिव्यक्ति दिने मन्त्रीलाई सचिव महेश्वर न्यौपानेले पनि साथ दिँदै आएका छन् । सचिव न्यौपानेले कर्मचारीमाथि मन्त्री आलेको हर्कत र अपमानलाई रोक्न कुनै पनि पहल नगरेको आरोप कर्मचारीहरूमा छ ।

सांसद र मन्त्री बन्नुभन्दा अगाडि आलेको विगत के थियो भन्ने कुरा सबैलाई धेरै थाहा नहुन सक्छ । काठ तस्करी गरेको अभियोग आलेलाई छ ।

बतास समूहलाई दरबार संग्राहलयमा पुर्‍याएको नोक्सानीको भरपाइ मन्त्री आलेले आफ्नो व्यक्तिगत सम्पत्तिबाट गर्नुपर्छ । बतास समूहले नियम पुर्‍याएर रेष्टुरेन्ट चलाउने अनुमति पाएको थियो ।

यती समूह जस्तो बतास समूह होइन । आनन्द बतासले सामान्य चियापसलदेखि पिसिओ चलाएर व्यवसायमा सम्पत्ति जोडेका हुन् । आलेले जस्तो काठ तस्किर र अन्य धन्दा गरेका होइनन् । आलेले काठ तस्बिरी गरेको आरोप पूर्वमन्त्री योगेश भट्टराईले नै अन्तर्वार्ताहरूमा लगाएका छन् ।

मन्त्री बन्नका लागि एमाले पार्टी फुटाएको देखि सांसद किन्न करोडौँ रुपियाँ खर्च गरेको आरोप पनि छ । उनले मन्त्री बन्न करोडौँ रुपियाँ बुझाएका छन् ।

किन भने उनकै पार्टीका नेता मेटमणि चौधरीले नै पैसा बुझाउन नसक्दा आफू मन्त्री बन्न नसकेको भनेर असन्तुष्टि जनाइसकेका छन् । चौधरीलाई पर्यटन मन्त्री बनाउने चर्चा थियो ।

Published : Sunday, 2022 January 23, 8:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया