‘साँढे’ मन्त्रीले दिए ‘गुण्डा नाइके’लाई लाइसेन्स, नाङ्गेझार भए आले

काठमाडौं । कानूनअनुसार काम गरिरहेका व्यापारी र कर्मचारीलाई धम्काएर आतंक मच्चाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले क्यासिनो चलाउन अनुमति दिएको खुलासा भएको छ ।

कानूनी प्रक्रियाबाट नारायणहिटी दरबार संग्राहलयमा रेष्टुरेन्ट चलाउने अनुमति पाएको बतास समूहको बदनाम गरेका मन्त्री आलेले नयाँ क्यासिनोलाई धमाधम लाइसेन्स बाँडिरहेको खुलेको हो ।

पदीय आचरण विपरीत कर्मचारीहरूलाई साँढे जस्ता अभिव्यक्ति दिएर मानमर्दन गरेका मन्त्री आलेले भित्रभित्र हर्कतहरू गरेपछि मन्त्रालयका कर्मचारीहरू चकित परेका छन् ।

आलेका कारण बतास समूहले करोडौँको नोक्सान ब्योर्नुपरेको छ । समाजमा मानमर्दन भएको छ । यसको जिम्मेवारी मन्त्री आलेले लिने कि नलिने ?

मन्त्री भएपछि आफ्नो औकात थाहा नपाउने आलेको हर्कतले व्यापारीहरू रिसाएका छन् । उनका हर्कतहरू नरोकिए हटाउने गरेर अभियान चाल्ने पक्षमा व्यापारीहरू छन् ।

आलेले मोटो रकम बुझेर नयाँ क्यासिनोहरूलाई अनुमतिका लागि लाइसेन्स दिएको आरोप छ । आलेले क्यासिनोलाई लाइसेन्स दिने सबै निर्णय मन्त्रिस्तरबाट गराएको स्रोतको दाबी छ ।

मन्त्री आलेले सम्पत्ति शुद्धीकरण विभागमा मुद्धा खेपीरहेका बलराम सापकोटा ‘बले’लाई क्यासिनो चलाउन लाइसेन्स दिएका छन् । बलेलाई अबैध जुवा खेलाउने धन्दाका क्यासिनो किङका रुपमा परिचित छन् ।

बले पटक–पटक जुवाको अखडाबाट पक्राउ परिसकका छन् । बले गुण्डा नाइके समेत हुन् । बले प्रहरीको उच्च निगरानीमा रहेका विवादित पात्र हुन् ।

मन्त्री आलेले कात्तिक २ गते झापाको मेचीनगरमा रहेको होटल मेची क्राउनमा रहेको बलेको क्यासिनो भेगासलाई पूर्ण क्षमतामा जुवा खेलाउने अधिकारसहितको लाइसेन्स दिएका छन् ।

आलेले नेपालगञ्जको होटल स्नेहास्थित क्यासिनो बेल्लिजलाई पनि लाइसेन्स दिएका छन् । नेपालगञ्जको होटल स्टारस्थित भेन्यू रिक्रिएसनलाई पनि मन्त्री आलेले क्यासिनो चलाउन लाइसेन्स दिएका छन् ।

भैरहवाको होटल नान्सस्थित सिद्धार्थ गेमिङ जोनलाई पनि लाइसेन्स दिइएको छ ।

नेपालगञ्जको होटल कल्पतरुको क्यासिनोलाई पनि मन्त्री आलेले लाइसेन्स दिएको खुलासा भएको छ ।

नेपालगञ्जको होटल सिटी प्यालेसमा रहेको केपीएफ इन्टरटेनमेन्टलाई पनि मन्त्री आलेले क्यासिनो सञ्चालनको अनुमति दिएका छन् ।

Published : Saturday, 2022 January 22, 9:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया