बालुवाटारको निर्णयले ओलीको सातोपुत्लो उड्यो, देउवाले उठाए असल कदम

काठमाडौं । नेपाली कांग्रेससहित ५ दलीय सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानलाई उल्लंघन गरेर जान नहुनेभन्दै गठबन्धनका शीर्ष नेताहरूलाई कन्भिन्स गरेपछि स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको हो ।

शीर्ष नेताहरू अर्ली इलेक्सनको प्रस्तावबाट पछि हटेका छन् । अर्ली इलेक्सनबाट पछाडि हटेपछि एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई ठूलो झट्का लागेको छ ।

ओलीले आफूले दुई पटक विघटन गरेको संसदको औचित्य पुष्टि गर्न अर्ली इलेक्सनको कुरा गर्दै आएका थिए ।

सत्ता गठबन्धनका दलका शीर्षहरूका बीच संविधान तथा कानूनी विदहरूसँग परामर्श गर्ने सहमति भएको छ ।

संविधान विद र कानून विज्ञहरूसँग परामर्श गरेर स्थानीय तहको निर्वाचनको मिति तोक्ने सहमति भएको एक नेताले बताएका छन् ।

‘सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनसम्वद्ध कानूनी अस्पष्टताबारे कानूनका विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको छ’, एक नेताले भनेका छन् ।

बैठकमा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Friday, 2022 January 21, 7:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया