जनताले दुःख पाएपछि कांग्रेस सरकारले खाडी मुलुक र मलेसिया जान रोक लगायो

काठमाडौं । सरकारले भिटिज भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाएको छ ।

शुक्रबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर खाडी मुलुक र मलेसियामा नेपालीहरूको बिचल्ली हुने क्रम बढेको भन्दै ती देशमा जान रोक लगाएको हो ।

बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताएका छन् ।

Published : Friday, 2022 January 21, 7:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया