प्रधानमन्त्री देउवाविरुद्ध काम गर्ने बालकोटवाला कम्युनिस्टहरूको हर्कत पत्ता लाग्यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन तोकिएको समयमा हुन नसकेको भनेर कम्युनिस्ट समर्थक केही मिडियाहरूले छन्न भाँती लेखेका छन् ।

प्रधानमन्त्री देउवाले शुक्रबार तीन बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भनेर पत्रकारहरूलाई प्रारम्भीक जानकारी आएको थियो । सोही जानकारीअनुसार समाचार पनि सम्प्रेषित भए ।

पत्रकारहरूलाई तयारीमा बस्न सहज होस् भनेर प्रधानमन्त्री देउवाको निजी सचिवालयले सम्बोधनभन्दा केही समय अगाडि अर्थात ३ बजेको समय राखेर सूचना सम्प्रेषण गरेको निजी सचिवालयका एक कर्मचारीले बताएका छन् ।

देशको प्रधानमन्त्रीले सम्बोधन गर्ने कुरा सामान्य विषय पनि होइन । प्रधानमन्त्रीभन्दा ठूलो जनता हुन् । जनतालाई सम्बोधन गर्दा प्रधानमन्त्रीले सामान्य तरिकाले सम्बोधन गर्नु पनि हुँदैन ।

सम्बोधन गर्नुभन्दा अगाडि प्रधानमन्त्री देउवाको निकै महत्वपूर्ण बैठक पनि बालुवाटारमा थियो ।

प्रधानमन्त्री देउवाको सम्बोधनलाई लिएर एमाले समर्थक कम्युनिस्टहरूले नानाभाँती भनेका टिकाटिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीविरुद्ध सरकारी सञ्चारमाध्यममा काम गर्ने कर्मचारी पत्रकारहरूले कम्युनिस्टहरूलाई गलत सूचना दिएर बदनाम गर्ने प्रयास गरेको आरोप छ ।

प्रधानमन्त्रीको आलोचना गर्नुछ भने सरकारी सञ्चारमाध्यम छाडेर निजी सञ्चारमाध्यममा पुगेर आलोचना गर्न सबैलाई छुट छ ।

सरकारी सञ्चारमाध्यममा काम गर्ने अनि आफ्नै प्रधानमन्त्रीविरुद्ध जथाभावी हर्कत गर्ने कार्यलाई धेरैले रुचाएका छैनन् ।

Published : Friday, 2022 January 21, 6:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया