निर्वाचनको तयारीमा रहन प्रधानमन्त्री देउवाको अपील

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका लागि तयारी अवस्थामा रहन अपील गरेका छन् ।

प्रधानमन्त्री भएपछि शुक्रबार पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले यो वर्ष तीन तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

देउवाले एक वर्षभित्र तीन तहका चुनाव गर्ने कार्यभार रहेको उल्लेख गरेका छन् ।

‘तीन तहको निर्वाचन गर्नेपर्ने दायित्व छ’, उनले भने, ‘निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु ।’

प्रधानमन्त्री देउवाले कोरोना महामारीबाट अति प्रभावितलाई एक पटकका लागि १० हजार राहत दिने बताएका छन् ।

उनले किसानहरूलाई मलको अभाव नहोस् भनेर ‘जीटूजी’मार्फत मल आयात गर्ने प्रक्रियामा रहेको बताए । उनले उखु किसानका लागि रकम निकासा भएको पनि बताएका छन् ।

Published : Friday, 2022 January 21, 4:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया