कांग्रेसका १६ जिल्लाको अधिवेशन स्थगित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ ।
शुक्रबार समितिले विज्ञप्ति जारी गरेर माघ १५ गते गर्ने भनिएको जिल्ला अधिवेशनहरू स्थगित गरिएको जनाएको छ ।
कोरोना संक्रमणका कारण अधिवेशन स्थगित गरिएको समितिले जनाएको छ ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन स्थगित भएको छ ।
स्थगित १६ जिल्लाको अधिवेशन अवस्था सामान्य बनेपछि नयाँ मिति तोक्ने केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
Published : Friday, 2022 January 21, 4:30 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया