७० करोड कमिशन काण्डमा मन्त्री गुमाएका बास्कोटाले सरकारको निर्णय स्वागत गर्ने

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिशनको अडियो लिक भएपछि मन्त्री पद गुमाएका एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेस नेतृत्वको सरकारले निर्वाचन घोषणा गर्न सुझाव दिएका छन् ।

बिहीबार ट्वीट गर्दै एमालेका नेता बास्कोटाले निर्वाचनको मिति घोषणा गरेर स्वागत गर्ने बताएका छन् । उनले भनेका छन्, ‘फेरि भन्छु– पूर्व देखाएर पश्चिम हान्ने र चिल आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाव घोषणा गरोस् । हामी तीब्र प्रतीक्षा, स्वागत र पाँच उपियाँको गठबन्धन तोला न छटाकसँग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौं ।’

सरकारले प्रतिनिधि सभा र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारीहरू गरिरहेका बेला एमालेका नेता बास्कोटाले निर्वाचनको मिति घोषणा भए स्वागत गर्ने जनाएका छन् ।

बास्कोटाले आमनिर्वाचन अर्थात प्रतिनिधि सभाको निर्वाचन पहिला गरे पनि एमालेले स्वागत गर्ने जनाएका हुन् ।

Published : Thursday, 2022 January 20, 1:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया