लकडाउनबारे यस्तो छ अर्थ मन्त्रालयको भनाइ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लकडाउने गर्ने पक्षमा सरकार नरहेको बताएका छन् ।

मन्त्री शर्माले कोरोना महामारीका कारण लकडाउन गर्नुपरे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताएका हुन् ।

बुधबार अर्थमन्त्रालयमा निजी क्षेत्रसँगको छलफलमा शर्माले सरकार बन्द तथा लकडाउन गर्ने पक्षमा नरहेको बताए ।

पुनः लकडाउन गर्नुपरे मुलुक आर्थिक रुपमा चल्न नसक्ने उनको भनाइ छ ।

मन्त्री शर्माले कोरोना महामारी नियन्त्रणको लागि सुरक्षाका विधिहरू कडाईका साथ लागू गरेर भए पनि अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएका छन् ।

‘हामीले कोरोना महामारी भनेर मुलुक बन्द, लकडाउन भन्यौं भने मुलुक चल्दैन’, अर्थमन्त्री शर्माले भनेका छन् ।

अर्थमन्त्री शर्माले अहिले अर्थथन्त्रमा नीतिगत तथा संरचनागत सुधारको आवश्यकता रहेको बताएका छन् ।

उनले अर्थतन्त्रको बाधक नीतिगत तथा संरचनागत व्यवस्था रहेको बताएका छन् ।

नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो बनाए भन्दै ठूला मिडियाले नियोजित ढङगमा प्रचार गरेको उनको आरोप छ ।

अर्थमन्त्री शर्माले सरकारले निजी क्षेत्रको हितभन्दा बाहिर गएर कुनै पनि काम नगरेको बताएका छन् ।

Published : Wednesday, 2022 January 19, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया