कांग्रेस नेतृत्वको सरकारले पीसीआर परीक्षणको शुल्क घटायो, गरिवलाई निःशुल्क

काठमाडौं । सरकारले कोरोनाभाइरसको पीसीआर परीक्षणको शुल्क घटाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पीसीआर परीक्षणको शुल्क घटाउन निर्देशन दिएपछि शुल्क घटेको हो ।

प्रधानमन्त्री देउवाले सोमबार स्वास्थ्य मन्त्री र स्वासथ्य सचिवलाई निजि अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क बढि भएको भन्दै घटाउन निर्देशन गरेका थिए । सोही निर्देशन अनुसार आज स्वास्थ्य मन्त्रालयले पीसीआर परिक्षणको शुल्क घटाएको छ ।

आरटी–पीसीआर विधिबाट गरिने परीक्षणको शुल्क घटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारी अस्पताल तथा प्रयोशालाहरूमा कोरोना संक्रमणको लक्षण देखिएकाहरूको पीसीआर परीक्षण निःशुल्क हुनेछ ।

अन्यको हकमा भने ८०० रुपियाँ शुल्क निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

निजी प्रयोगशालाहरूमा पीसीआर परीक्षणको शुल्क १ हजार ५०० रुपियाँ निर्धारण गरिएको छ ।

निजी प्रयोगशालाहरूमा कोरोना परीक्षणको शुल्क यसअघि २ हजार रुपियाँ थियो ।

Published : Wednesday, 2022 January 19, 6:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया