देउवा र दाहालबीच वार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच भेटवार्ता भएको हो । उनीहरूका बीच स्थानीय तह निर्वाचन, कोरोना महामारीलगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।

देउवा र दाहालले राजनीतिक समन्वय समितिको बैठक बोलाउने निर्णय पनि गरेका छन् । समितिको संयोजक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले स्थानीय तह निर्वाचनलगायतका विषयमा छलफल गर्न मंगलबार राजनीतिक समन्वय समितिको बैठक बोलाउने सहमति भएको जानकारी दिएका छन् ।

समितिको बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको छ । सरकारले स्थानीय तहको मिति घोषणा गरेको छैन ।

Published : Monday, 2022 January 17, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया