नेपालद्वारा अफगनिस्तानलाई औषधि, लत्ताकपडा र घरायसी सामग्री सहयोग

काठमाडौं । कोरोनाको संकट र झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारको बेथितिबाट मुक्त भएको नेपाली कांग्रेस नेतृत्वको सरकारले मित्र राष्ट्र अफगानिस्तानलाई सहायता सामग्री पठाएको छ ।

आइतबार बिहान नेपालले अफगानिस्तानका जनतालाई औषधि र लत्ताकपडालगायतका सहायता सामग्री पठाएको परराष्ट्रमन्त्री डा.नारायण खड्काले जानकारी दिएका छन् ।

मन्त्री डा.खड्काले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएकोले नेपालले सहयोग गरेको बताए ।

नेपालले हिमालय एयरलाइन्सको जहाजमार्फत आवश्यक सामग्री अफगानिस्तान पठाएको छ ।

नेपालले औषधि, लत्ताकपडा र घरायसी सामग्री गरी करीव १४ टन सामग्री अफगानिस्तान पठाइएको हो ।

जहाज काबुलमा अवतरण गरेपछि संयुक्त राष्ट्रसंघको गाडीमार्फत सामग्री लगेर हस्तान्तरण गरिने मन्त्री डा.खड्काले जानकारी दिएका छन् ।

औषधिलगायत सामग्री बोकेको जहाजमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयकी सह–सचिव सेवा लम्साल, मन्त्रालयका कर्मचारी अफगानिस्तान गएका छन् ।

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहायता रोकिएको छ ।

चरम आर्थिक संकट र खाद्यान्न अभावबाट गुज्रिरहेको अफगानिस्तानलाई पछिल्लो समय विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाले मानवीय सहायता गरिरहेका छन् ।

Published : Sunday, 2022 January 16, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया