यी कम्युनिस्ट मन्त्री १० वटा बोतल हल्लाउँदै भीआईपीमा छिरे, आफ्नै साथीले गरे भण्डाफोर

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)का नेता योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले दोहा एयरपोर्टबाट १० बोतल रक्सी ल्याएको आरोप लगाएका छन् ।

एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा पूर्वमन्त्री समेत रहेका नेता भट्टराईले मन्त्री आलेले भीआईपीबाट आफै १० बोतल रक्सी बोकेर आएको बताएका हुन् ।

‘म त्यस्तो मन्त्री होइन । भीआईपीबाट प्लेन चढ्न जाने र भीआईपीबाट फर्केर आउँदा १० बोतल रक्सी लिएर आउने होइन’, उनले भने, ‘अर्को कसैले दुई बोतल रक्सी ल्यायो भनेर उमाथि झम्टिने त्यो मन्त्री होइन ।’

‘आफू १० बोतल रक्सी बोकेर भीआईपीबाट आउने । रोल्याक्स घडी कति वटा बोकेर आउने ? आईफोन कति वटा बोकेर आउने भीआईपीबाट ? अर्कोले दुइटा बोटल, तीनटा बोतल रक्सी बोक्यो भनेर त्यसमाथि डण्डा हान्ने, सिस्नुपानी हान्ने म होइन । जुन दिन पर्यटन मन्त्री लण्डनबाट आउनुभयो त्यो दिनको सीसीटीभी फुटेज सार्वजनिक गर ।’, पूर्वमन्त्री भट्टराईले मन्त्री आलेप्रति लक्षित गरेर भनेका छन् ।

मन्त्री आलेले आफ्नो पदीय मर्यादाविपरीत कर्मचारी र व्यापारीविरुद्ध तल्लोस्तरको अभिव्यक्ति दिएर आएका बेला एमालेका नेता भट्टराईले आलेलाई उनको औकात सिकाइदिएका हुन् ।

उनले भने, ‘पर्यटनमन्त्री लण्डनबाट फर्किदाको सीसीटीभी फुटेज हेर्नुस् । के–के लिएर आउनुभएको थियो ? दोहोको एयर पोर्टमा उहाँले के–के किन्नुभयो ? बोर्डिङपास चेक गर्नुस्, न ! बोर्डिङपासमा रजिस्टर नगरिकन डिउटी फ्री सपमा किन्न पाइँदैन ।’

‘मन्त्रीले जे सुकै बोकेर आउने ? इल्लिगल सामान बोकेर आउने ?’, पूर्वमन्त्री भट्टराईले आलेलाई प्रश्न गर्दै भने, ‘अरु कसैले प्यासेञ्जरको लाइनमा गयो भनेर हप्कीदप्की गर्ने त्यस्तो ढोँगी मान्छे होइन म । त्यो ढंगले राजनीति गरेर आएको मान्छे होइन म ।’

‘प्रेम आले र म लड्नुपर्ने आवश्यक्ता पनि छैन । उनी आफ्नो ठेगानमा बसुन् । सिष्ट बोलुन् । मन्त्री हुन् । मन्त्रीको आसनमा बसेर सिष्ट बोलुन् । सार्वजनिक व्यक्तित्व हो । सार्वजनिक व्यक्तित्वले बोल्दा मर्यादा ख्याल गर्नुपर्छ ।’

‘मैले त्यत्ति मात्रै भन्छु । आफू के हो ? आफ्नो जमीन राम्रोसँग बुझ्ने ! कुन धरातलबाट आएको हो राम्रोसँग बुझ्ने ! उहाँ र म कुनै बेला एउटै पार्टीमा थियौँ । कुनै बेला एउटै गुटमा पनि थियौँ होला । नचाहिँदो ढंगले स्टनवाजी गर्ने ?’, एमालेका नेता भट्टराईले आलेलाई चेतावनी शैलीमा भनेका छन् ।

एमालेका नेता भट्टराईले मन्त्री आलेलाई काठ तस्करको आरो पनि लगाएका छन् ।

‘म काठ तस्कर गरेर आएको हो, राजनीतिमा ? कसैले काठ तस्कर गर्दा, नेपालको हरियो वन इण्डियातिर तस्किरी गर्दैगर्दा म त यहाँ पञ्चायतविरुद्ध लड्दै थिएँ’, उनले भनेका छन् ।

‘म काठ तस्कर गरेर आएको हुँ ? गिट्टी बालुवाको तस्करी गरेर आएको हुँ ? लागुऔषध र सुन तस्करी गरेर आएको हुा ? मेरो त्यो हैसियत छ ? आज त्यो विलासिता छ ? हामी जस्ता मान्छेहरूलाई बहसमा ल्याएर अथवा विवादमा ल्याएर तथाकथित मिडियाले के गर्ने ? तिनीहरूको के उदेश्य पूरा हुन्छ ?’, भट्टराईले प्रश्न गर्दै भने, ‘प्रेम आलेसँग पैसा खान्छौँ कि ? प्रेम आलेसँग विज्ञापन लिन्छौँ कि ? बतासजीसँग विज्ञापन लिन्छौँ कि ? कसरी लिन्छौँ तिम्रो व्यवसाय चलाउ ? मसँग किन जोडिन पर्‍यो ?’

Published : Saturday, 2022 January 15, 6:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया