कुटनैतिक नियोगमा बसेर वैदेशिक रोजगारको दलाली, प्रधानमन्त्रीलाई उजुरी दिने तयारी

काठमाडौं । विभिन्न मुलुकमा रहेका राजदूतवास, महावाणिज्यदूत र अन्य कुटनैतिक नियोगका प्रमुख र त्यहाँ कार्यरत कर्मचारीहरूले मुलुकको बदनाम हुने गरेर आर्थिक लाभ लिने कार्य गर्नु हुँदैन ।

परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नियोगहरूमा कार्यरत केही कर्मचारी मुलुककै बेइज्जत हुने गरि दलालीमा लिप्त भएको प्रमाण फेला परेका छन् ।

दलाली गर्नेहरूमध्येका एक हुन् साउदी अरबको जद्दास्थित महावाणिज्य दूतावासमा कार्यरत महावाणिज्यदूत सत्रुधनप्रसाद पोखरेल ।

नेपालको राम्रो श्रम गन्तव्यको रुपमा रहेको साउदी अरबमा कोरोना महामारीपछि रोजगारीका अवसरहरू निकै बढेको छ । पोखरेलले यही मौकामा नेपालका केही म्यानपावर व्यसायीसँग मिलेर एउटा कम्पनीमा आएका मागपत्रलाई रोकेर राख्ने र रोजगारदाता कम्पनीलाई प्रत्यक्ष भेट्ने, फोन गर्ने र त्यो कम्पनीमा हुँदैन मैले भनेको कम्पनीलाई दिएमा सहजरुपले काम गरिदने गरेको स्रोतले जनाएको छ ।

पोखरेलले अन्यथा काम नहुने भनेर रोजगारदातालाई धम्काइ नेपालमा आफूले सेटिङ गरेका म्यानपावरलाई मागपत्र दिइ व्यक्तिगत फाइदा लिइराखेको आरोप छ ।

पोखरेलका कुटनैतिक मर्यादाविपरित र पदीय गरिमा विपरितका कार्यले एकातर्फ राष्ट्रको नै बेइज्जत भइराखेको छभने अर्कोतर्फ स्वच्छ हिसावले व्यवसाय गरेका म्यानपावर व्यवसायी प्रताडित भएका छन् ।

पोखरेलको यस्तो कार्यको केही म्यानपावर व्यवसायीले विरोध गर्दा उनले आफू कांग्रेसका नेताहरूसँग सम्बन्ध रहेको र मुख्यसचिव शंकरदास बैरागी तथा परराष्ट्र सचिव भरतराज पौडेलको नजिकको भान्छे भएको भनेर धम्काउने गरेको पीडित व्यवसायीहरूको भनाइ छ ।

पोखरेलले आफूलाई कसैले केही भन्न नसक्ने र बरु आफ्नो विरोध गर्ने म्यानपावर कम्पनीको काम नै बन्द गराइदिने धम्की दिने गरेका छन् ।

पोखरेलले नेपालमा रहेका अक्सफोर्ड, ब्लु मुन र लुलु म्यानपावर कम्पनीसँग सेटिङ मिलाएर अन्य कम्पनीको मागपत्र ती म्यानपावरमा दिलाएर आफ्नो स्वार्थ पूरा गरिराखेका छन् ।

पोखरेलले कुन–कुन कम्पनीका माग पत्र नेपालका ती म्यानवापरलाई दिएका छन् ? त्यसको विस्तृत विवरण क्रमशः समाचारमा प्रकाशित गरिनेछ । पोखरेलले साउदी अबरमा नेपाली व्यवसायीमाथि गरेको ज्यादती र हर्कतको भण्डाफोर गर्न केही व्यवसायीहरू प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुग्ने तयारीमा छन् ।

Published : Friday, 2022 January 14, 8:14 pm

Comments are closed.

फेसबुकबाट तपाईको प्रतिक्रिया