सीआईबीद्वारा धुन्धुकारी गिरोहको भण्डाफोर, परिचालित समूहलाई तनाब

काठमाडौं । नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को स्रोत उद्दरण गरि विभिन्न पत्रपत्रिका र अनलाईनहरूमा जथाभावी समाचार आएपछि आपत्ति जनाएको छ ।

सीआईबीका प्रवक्त प्रहरी उपरीक्षक श्यामकुमार महतोले शुक्रबार विज्ञप्ति जारी गरेर सीआईबीमा सम्पर्क नै नगरेर स्रोत उद्दरण गरि आएका समाचारमा ध्यानाकर्षण भएको जनाएका छन् ।

‘सीआईबी कार्यालयको स्रोत उद्दरण गरि विभिन्न पत्रपत्रिका तथा अनलाईनहरूमा समाचार प्रकाशित भएकोले यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘सो सम्बन्धमा समाचारको विश्वसनीयताको लागि यस कार्यालयको स्रोत उद्दरण गर्दा प्रवक्तासँग सम्पर्क गर्नु अनुरोध गरिएको छ’, प्रवक्ता महतोले भनेका छन् ।

बालुवाटारको सरकारी जग्गा अनुसन्धान प्रकरणमा सीआईबीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको दवावमा प्रभावित बनाएको भनेर केही पत्रपत्रिका र अनलाईनहरूले आफू खुसी समाचार सम्प्रेषण गरेपछि सीआईबीले गम्भीर आत्ति जनाएको छ ।

सीआईबीसँग प्रधानमन्त्री र गृहमन्त्रीलाई मुछेर समाचार आएपछि सीआईबीले सो विषयमा कुनै कुरा उल्लेख गरेर आपत्ति जनाएको छ ।

सीआईबीका प्रमुख (डीआईजी) धिरजप्रताप सिंह र उनको टिमले बालुवाटार जग्गा प्रकरणमा अनुसन्धान गरेको छ ।

केही कुरामा थप स्पष्ट हुनुपर्ने विषयमा सरकारी वकिलको कार्यालयबाट चासो भएको कुरालाई लिएर सीआईबी र प्रधानमन्त्री तथा गृहमन्त्रीलाई जोडेर धुन्धुकारी गिरोहले विवाद खडा गरेर बिथोल्न खोजेपछि सीआईबीले सो विाष्यमा धारणा राखेको छ ।

Published : Friday, 2022 January 14, 1:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया