कोरोनाविरुद्ध खाने चक्की ‘प्याक्सलोभिड’लाई अमेरिकामा अनुमति

न्युयोर्क । फाइजर कम्पनीले कोरोनाभाइरसविरुद्ध उपचारका लागि खाने चक्की ‘प्याक्सलोभिड’ बनाएको छ ।

कोरोना महामारीले विश्वलाई तहस नहस बनाइरहेका बेला फाइजरले चक्की खाने औषधि बनाएको हो । अमेरिकाको खाद्य तथा औषधि व्यवस्था विभागले फाइजरले बनाएको कोरोनाविरुद्धको चक्कीलाई अनुमति प्रदान गरेको छ ।

१२ वर्षमाथिका व्यक्तिलाई यो चक्की खुवाउन सकिन्छ । कोभिड–१९ पुष्टि भएका बिरामीलाई चक्की खान दिँदा अस्पताल जान नपर्ने र मृत्युवरण पनि गर्न नपर्ने दाबी गरिएको छ ।

‘प्याक्सलोभिड’ चक्कीको प्रभावकारिता ८९ प्रतिशत रहेको दावी छ । फाइजरले ‘प्याक्सलोभिड’ चक्की यस वर्ष १ लाख ८० हजार पूरा मात्रा उत्पादन गर्ने क्षमता रहेको जनाएको छ ।

कोभिड–१९ को लक्षण देखिएको पाँच दिनभित्र खुवाउन शुरु गर्नुपर्छ ।

Published : Friday, 2021 December 24, 10:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया