लुम्बिनी कांग्रेसमा पुन र शाहबीच फराकिलो अन्तर

भैरहवा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अम्मरसिंह पुनले मतअन्तरलाई ह्वात्तै बढाएका छन् ।

भैरहवामा भइरहेको मतगणनामा ६१५ मत काउन्ट भइसकेको छ । सभापतिमा पुनले ३७८ मत पाएका छन् । सभापतिका अर्का उम्मेदवार भरतकुमार शाहले २३१ मत पाएका छन् । पुनले शाहलाई १ सय मतले पछाडि छाडेका छन् ।

पदाधिकारी र सदस्यहरूमा पनि पुनको प्यानलले अग्रता कायम राखेको छ । लुम्बिनी प्रदेशमा नेता रामचन्द्र पौडेल समूहले पुनलाई सभापति बनाएको थियो ।

सभापति शेरबहादुर देउवाको समूहबाट शाहलाई सभापतिमा उम्मेदवार बनाइएको थियो ।

Published : Sunday, 2021 December 5, 6:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया