कांग्रेसको प्रदेश १ को सभापतिमा को अगाडि ? विश्वप्रकाशको समर्थन कसलाई ?

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ को सभापतिमा गुरुराज घिमिरले प्रारम्भीक अग्रता लिएका छन् ।

आइतबार दिउँसोदेखि सुरु भएको मत परिणाामअनुसार घिरमले १०८ मत पाएका छन् । सभापतिका अर्का उम्मेदवार उद्धव थापाले ८३ मत पाएका छन् ।

२०० मतगणना भएको छ । घिमिरे नेता रामचन्द्र पौडेल निकटका हुन् भनेर थापा नेता कृष्णप्रसाद सिटौला निकटका मानिन्छन् । थापालाई सभापति शेरबहादुर देउवा समूहको पनि समर्थन छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि सभापतिका उम्मेदवार घिमिरेलाई समर्थन गरेका छन् । देउवाले शर्मालाई प्रवक्ता बनाए पनि गुटभित्र घात गरेका छन् ।

उप–सभापतिमा गोविन्दप्रसाद ढुंगाना ८५, टंकप्रसाद राई ९७, रमेशजंग रायमाझी ८७, विश्वनाथ रिजाल ८४ मत प्राप्त गरेका छन् ।

महामन्त्रीमा उमेश थापा ९६, दिपनकुमार श्रेष्ठ ८९, पदम सुन्दर पालुङ्वा ८४, भुपेन्द्र राई ८९ मत पाएका छन् ।

सह–महान्त्री (महिला)मा प्रमिलाकुमारी गच्छेदारले ८७, सीता कार्कीले ९४ मत पाएका छन् ।

सह–महामन्त्री (खुला)मा खड्ग फागोले ११९, रोहितकुमार साहले ७१, विनोदकुमार बस्नेतले ८२, वीरकाजी राईले ८४ र शुभचन्द्र राईले ७ मत पाएका छन् ।

Published : Sunday, 2021 December 5, 6:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया