कांग्रेसको महाधिवेशनमा मन्त्री नै पदाधिकारीमा पराजित
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको महाधिवेशनमा एकजना मन्त्री महामन्त्री पदमा पराजित भएका छन् ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का महामन्त्री पदमा पराजित भएका हुन् । खड्काले ५५६ मत पाएका थिए । खड्का सभापति शेरबहादुर देउवा निकटका हुन् ।
मन्त्री खड्कालाई विष्णुप्रसाद लामिछानेले ५६४ मत ल्याएर पराजित गरेका हुन् । लामिछाने र खड्काबीच जम्मा ८ मतको अन्तर थियो ।
महामन्त्रीमा विजयी भएका लामिछाने नेता रामचन्द्र पौडेल निकटका हुन् ।
गण्डकी प्रदेशको महाधिवेशनमा सभापतिमा शुक्रबार शर्माले जितेका छन् । शर्मा नेता पौडेल समूहका हुन् ।
शर्मासँग देउवा समूहका सभापतिका उम्मेदवार अर्जुनप्रसाद जोशी पराजित भएका छन् । गण्डकी प्रदेशमा अधिकांश पद शर्माको प्यानलले जितेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया