सुदूरपश्चिम प्रदेश कांग्रेसको सभापतिमा बलायर र मिश्रले कति पाए मत ?

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायरले अत्याधिक मतसहित अग्रता लिएका छन् ।

आइतबार जारी मतगणनाअनुसार २०२ मत गणना गरिँदा बलायरले १४० मत पाएका छन् । उनका प्रतिस्पर्धी नारायणदत्त मिश्रले ५७ मत पाएका छन् ।

बलायले सुदूरपश्चिम प्रदेशको सभापतिमा अहिलेकै अवस्थामा मत पाउने हो भने निर्वाचित हुने पक्का छ ।

मतदानमा कुल एक हजार २६ मध्ये एक हजार तीन मत खसेको थियो ।

सभापतिमा उम्मेदवार बनेका बलायर संस्थापन पक्षका हुन् । मिश्र नेता रामचन्द्र पौडेल निकटका हुन् ।

Published : Sunday, 2021 December 5, 3:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया