चुरीफुरी गर्ने विमलेन्द्र निधिको पनि यस्तै हालत हुने पक्का, सभापति नै लाजले मुख छोपेर टाप

वीरेन्द्रनगर । नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गरेका उप–सभापति विमलेन्द्र निधि निकटका कर्णाली प्रदेशका सभापतिका प्रतिस्पर्धीले ७ मत ल्याएर जगत हँसाएका छन् ।

आइतबार बिहान पौने ३ बजे प्राप्त अन्तिम नतिजाअनुसार निधि निकतका सभापतिका उम्मेदवार मोतीराज बमले जम्मा ७ मत ल्याएका थिए । उनी ७ मतसहित पुच्छारमा पुगेर पराजित भएका छन् । सात भोट पाएर पराजित भएपछि बम लाजले भुतुक्क भएर टाप कसेका छन् ।

कर्णाली प्रदेश कांग्रेसको सभापतिमा संस्थापन पक्षका सभापतिका उम्मेदवार ललितजंग शाहीको शानदार जित भएको छ ।

सभापति शेरबहादुर देउवा निकट मानिने ललितजंग शाहीले ४२२ सहित सभापतिमा जित हासिल गरेको नेपाल तरुण दल सुर्खेतका सभापति हरि विष्टले जानकारी दिए ।

सभापतिका उम्मेदवार भुपेन्द्रजंग शाहीले जम्मा ३१७ मत पाएका छन् । भुुपेन्द्र नेता रामचन्द्र पौडेल समूहका सभापतिका उम्मेदवार हुन् ।

कांग्रेसको प्रदेश कार्यसमितिको सभापतिमा देउवा समूहले कर्णाली प्रदेशमा जित हासिल गरेर पहिलो खाता खोलेको छ ।

Published : Sunday, 2021 December 5, 2:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया