विमलेन्द्रका सभापतिले जम्मा २ मत पाएपछि मध्यराति ‘फरार’, गतिलै औकात देखियो

वीरेन्द्रनगर । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा उप–सभापति विमलेन्द्र निधि निकटका सभापतिका उम्मेदवार मोतीराम बमले २ मत मात्रै पाएका छन् ।

शनिबार मध्यरातिदेखि शुरु भएको सभापतिको मतगणनामा बमले जम्मा २ मत पाएका हुन् । यो समाचार तयार पर्दासम्म आइतबार बिहान १ बजेर ४० मिनटसम्म बमले दुई मत पाएका हुन् ।

सभापतिमा उम्मेदवार बनेका बम उप–सभापति निधि निकटका हुन् । बमले पाएको मतले सभापतिमा उम्मेदवारी घोषणा गरेका निधिका हालत के रहेछ भन्ने कुरा स्पष्ट भएको छ ।

दुई सय मत गणना हुँदा जम्मा २ मत आएपछि मध्यराति नै मतगणनास्थलबाट सभापतिका उम्मेदवार बम फरार भएको भन्दै हाँसिमजक भएको छ ।

यसैबीच, कर्णाली प्रदेश कांग्रेसको सभापतिमा २ सय मत गणना हुँला ललितजंग शाहीले १०५, भुपेन्द्रजंग शाहीले ९३ र मोतीराम बमले २ मत पाएका छन् ।

सभापतिका उम्मेदवार ललितजंग शाहीले आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग मतअन्तर बढाउँदै लगेका छन् ।

Published : Sunday, 2021 December 5, 1:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया