कांग्रेसद्वारा प्रदेश र केन्द्रीय महाधिवेशनको कार्यतालिका सार्वजनिक, एउटा कार्यक्रम संशोधन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

कांग्रेसले सोमबार विज्ञप्ति जारी गरेर कार्यतालिका सार्वजनिक गरेको हो । शीर्ष नेताहरूसँग भएको परामर्शअनुसार महाधिवेशन उद्घाटन पूर्व नै उम्मेदवारी दर्ता गर्ने कार्यक्रम स्थगित गरिएको छ ।

कांग्रेस १४औँ महाधिवेशन मंसिर २४ गतेदेखि शुरु हुनेछ । नयाँ कार्यतालिकाअनुसार अब २४ गते नै मतदाता नामावली प्रकाशित हुनेछ ।
उम्मेदवारी दर्ता २५ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।

दावी विरोध लगायतका प्रक्रिया पूरा गरेर २६ गते साँझ ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ । २७ गते विहान ८ बजे मतदान हुनेछ ।

कांग्रेसको जिल्ला अधिवेशनहरू धमाधम सम्पन्न भइरहेका बेला प्रदेश महाधिवेशन र केन्द्रीय महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ ।

Published : Monday, 2021 November 29, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया