बर्दिया कांग्रेसमा यस्तो छ अन्तिम परिणाम, सञ्जयको घमण्ड कार्यकर्ताले तोडिदिए

गलरिया । नेपाली कांग्रेस बर्दियामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा सभापति शेरबहादुर देउवा समूहले शानदार रुपमा बुहमत ल्याएको छ ।

बर्दियामा नेता रामचन्द्र पौडेल निकटका सभापति सञ्जयकुमार गौतम छन् । गौतमको अहँकारविरुद्ध कांग्रेसका नेता कार्यकर्ताले यस पटक पौडेल समूहलाई बर्दियामा सबक सिकाएका छन् ।

दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बर्दियामा क्षेत्र नं. २ मा देउवा समूहको क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा प्यानल नै निर्वाचित भएको छ ।

क्षेत्र नं. १ मा भने संस्थापन पक्षले क्षेत्रीय सभापतिसहित ५ महाधिवेशन प्रतिनिधि जितेको युवा नेता जन्मजय तिमिल्सिनाले जानकारी दिएका छन् ।

क्षेत्र नं. २ मा क्षेत्रीय सभापतिमा दीपकजंग शाह निर्वाचित भएका छन् । शाहले पाँच यस ८० मत ल्याएका छन् । सभापतिका प्रतिष्पर्धी रमनकुमार रेग्मीले २६४ मत ल्याएका थिए ।

महाधिवेशन प्रतिनिधिमा सबैभन्दा धेरै अरुणसिंह राठौरले ल्याएका छन् । दोस्रोमा धेरै मत युवा नेता तिमिल्सिनाले ल्याएका छन् ।

क्षेत्र नं २ बाट गंगाबहादुर पाण्डे, जंगबहादुर मल्ल अमानसिंह केसी, विनय रावल, तारा चौधरी, प्रतिमा चौधरीलगायतले महाधिवेशन प्रतिनिधि जितेका छन् ।

क्षेत्र नं. १ मा संस्थापनमा मुक्तिनाथ यादवसहित ५ महाधिवेशन प्रतिनिधि संस्थापनले जितेको छ ।

क्षेत्र नं. २ मा २६ र क्षेत्र नं. १ मा सभापतिसहित ६ महाधिवेशन प्रतिनिधि भएपछि संस्थापनको बहुमत देखिएको छ ।

बर्दियामा सञ्जय गौतमको कांग्रेसको सत्ता गुम्ने निश्चित भएको छ । आफू दुई कार्यकाल सभापति भए पनि छोड्ने बेलामा गौतमले आफ्नो गुटलाई होइन अर्कै गुटलाई बुझाउने अवस्थामा पुगेका छन् ।

गौतमको अनुदारवादी चरित्रका कारण यस पटक बर्दिया कांग्रेसका कार्यकर्ताहरूले गौतमको समूहलाई हराएर नराम्रोसँग सबक सिकाएका छन् ।

Published : Saturday, 2021 November 27, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया