भरतपुरमा एमालेका जम्मा ५० हजार मान्छे, कम्युनिस्टका गफै ठूला

भरतपुर । एमालेले शुरुमा १०औँ महाधिवेशनमा १५ लाख मान्छे उतार्ने भनेको थियो । त्यसपछि १० लाखमा झ¥यो । फेरि एमालेले कुरा फे¥यो । ५ लाख मान्छे ल्याउने भन्यो ।

एमालेले शुक्रबार ठूलो तामझामका साथ लाखौँ जनतालाई दुःख दिएर ५० हजारभन्दा केही धेरै मान्छे भरतपुरमा उतारेर सबैलाई चकित तुल्याएको छ । प्रत्यक्षदर्शीका अनुसार भरतरमा सबै गरेर करीव ६० हजार मान्छे आएको हुन सक्ने अनुमान छ ।

मञ्चको अगाडि ३० देखि ४० हजार र बजार क्षेत्रमा १० हजार गरेर करीव ५०–६० हजार मान्छे आएको अनुमान प्रत्यक्षदर्शीको छ । मञ्चको अगाडि धेरै ठूलो ठाउँ छाडिएको थियो ।

एमालेले जति नै ठूला गफ दिए पनि भरतपुरमा उसले ५० हजारको आसपासमा मान्छे उतारेको चर्चा छ । मान्छे उतार्न एमालेले सत्तामा हुँदा कमाइ गरेको पैसा खर्च गरेको आरोप छ ।

एमालेले गाउँबाट सर्वसाधारणलाई दैनिक एक हजार र खाना खान दिने भनेर बसमा जबरजस्ती हुलेर ल्याएको चर्चा पनि चलेको छ ।

एमालेको उद्घाटन सत्रमा अध्यक्ष खड्गप्रसाद ओलीको प्रशंसा र चाकडीभन्दा अरु केही थिएन । ओलीको समर्थनमा गीत, म्युजिक भिडियो, डकुमेन्ट्री, गैँडा आदि देखाइएका थिए । मास्कमा समेत ओलीको तस्बिर राखिएको थियो ।

Published : Friday, 2021 November 26, 4:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया