शेखरको ‘दानापानी’ले मोटाएका यी चर्चित मान्छेलाई कांग्रेसका कार्यकर्ताले सबक सिकाए

काठमाडौं । नेपाली कांग्रेस मोरङको क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनमा पुरञ्जन आचार्य नराम्रोसँग पराजित भएका छन् ।

नेता शेखर कोइराला प्रचार प्रमुख रहेका आचार्यलाई मोरङ २ का नेता कार्यकर्ताले हराएर सबक सिकाएका हुन् । शेखरले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

मोरङ– २ बाट महाधिवेशन प्रतिनिधिमा लज्जास्पद हार भएपछि आचार्य चकित परेका छन् । पराजित भएपछि आचार्य लाजले दुई दिनसम्म घरबाट बाहिर नआएको चर्चा विराटनगरमा छ ।

आचार्य नेता शेखरको प्रचार अभियानमा अगुवा छन् । शेखरकै गृहजिल्लाबाट महाधिवेशन प्रतिनिधिमै आचार्य पराजित भएपछि उनीहरूको हबिगती देखिएको छ ।

बिहीबार बिहान सम्पन्न मतगणनामा १० जना खुला महाधिवेशन प्रतिनिधिमा आचार्य २०औं नम्वरमा पुगेर पराजित भएका छन् ।

शेखरले आफ्नै जिल्लामा आचार्यलाई महाधिवेशन प्रतिनिधिमा जिताउन नसकेपछि तनाबमा छन् ।

आफूलाई वुद्धिजीवी भन्न रुचाउने आचार्य तत्कालीन समयमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका बेला सल्लाहकार थिए ।

गिरिजाप्रसादको निगाहमा अकुत कमाइ गरेका आचार्यलाई आजकाल कमाइको बाटो बन्द भएको छ ।

कांग्रेस नेतृत्वको सरकार र प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध जथाभावी टिकाटिप्पणी गर्दै आएका आचार्यसँग गाउँका कार्यकर्ता निकै रिसाएका रहेछन् भन्ने कुरा उनलाई हराएको घटनाले नै पुष्टि गरेको छ ।

Published : Thursday, 2021 November 25, 4:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया