काठमाडौं कांग्रेसका १० क्षेत्रीय सभापतिहरू को कसको पक्षमा ? गगनले सर्वसम्मत बनाए

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको प्रतिनिधि सभाका १० वटा निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापतिहरू निर्वाचित भएका छन् ।

१० वटा क्षेत्रीय सभापतिमा नेता प्रकाशमान सिंह निकटकाले धेरै जितेका छन् । बाँकीमा सभापति शेरबहादुर देउवा र नेता भीमसेनदास प्रधान निकटका सभापतिहरूले जितेका छन् । एउटामा केन्द्रीय सदस्य गगन थापा निकटकाले जितेका छन् ।

काठमाडौंको क्षेत्र नं. ४ मा केन्द्रीय सदस्य थापाले क्षेत्रीय सभापतिमा सर्वसम्मत बनाएका छन् । उनले आफ्नो क्षेत्रमा सर्वसम्मत बनाएका हुन् । नेता थापाकै सहयोगमा सिंहले धेरै सभापति जिताउन सफल भएका छन् ।

काठमाडौं क्षेत्र नं. १ बाट प्रकाशविक्रम राणा क्षेत्रीय सभापतिमा सर्वसम्मत भएका छन् । सभापति राणा नेता भीमसेनदास प्रधान निकट मानिन्छन् ।

काठमाडौं क्षेत्र नं. १ नेता प्रकाशमान सिंहको प्रतिनिधि सभा निर्वाचन क्षेत्र पनि हो । सिंहले आफ्नै निर्वाचन क्षेत्रमा सभापति जिताउन सकेनन् ।

काठमाडौं क्षेत्र नं. २ बाट कवीर शर्मामा क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । शर्मा सभापति शेरबहादुर देउवा समूहका हुन् ।

काठमाडौं क्षेत्र नं. ३ बाट सन्तोष चालिसे क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । चालिसे नेता प्रकाशमान सिंह निकटका हुन् ।

काठमाडौं क्षेत्र नं. ४ बाट सभापतिमा श्यामकृष्ण संगत सर्वसम्मत भएका छन् । संगतलाई केन्द्रीय सदस्य थापाले सर्वसम्मत बनाएका हुन् ।

काठमाडौं क्षेत्र नं. ५ बाट सभापतिमा श्याम खड्का निर्वाचित भएका छन् । खड्का सह–महामन्त्री डा.प्रकाशशरण महत निकटका हुन् ।

काठमाडौं क्षेत्र नं. ६ बाट सभापतिमा श्यामकृष्ण खड्गी निर्वाचित भएका छन् । सभापति खड्गी नेता भीमसेनदास प्रधान निकटका मानिन्छन् ।

काठमाडौं क्षेत्र नं. ७ बाट सभापतिमा मुकुन्द रिजाल क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । रिजाल नेता प्रकाशमान सिंहसँग निकट रहे नेता

कृष्णप्रसाद सिटौला निकटका विद्यार्थी नेता सुशील भट्टहरूसँग हिमचिम बाक्लै छ ।

काठमाडौं क्षेत्र नं. ८ बाट सभापतिमा राजेशकुमार श्रेष्ठ क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । श्रेष्ठ नेता सिंह निकटका हुन् ।

काठमाडौं क्षेत्र नं. ९ बाट सभापतिमा जयकृष्ण महर्जन क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । महर्जन नेता सिंह निकटका हुन् ।

काठमाडौं क्षेत्र नं. १० बाट सभापतिमा पुकार महर्जन क्षेत्रीय सभापति निर्वाचित भएका छन् । महर्जन नेता सिंह निकटका हुन् ।

Published : Thursday, 2021 November 25, 2:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया