नेविसंघका यी तीन हीरोहरूले युवाहरूको नाम ‘रोशन’ गरे

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का तीन जना महामन्त्रीहरू नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

काठमाडौंमा मनोज वैद्य महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । तनहुँ जिल्लाबाट दीपक भट्टराई निर्वाचत भएका छन् । स्याङजाबाट युवराज पाण्डे महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

भट्टराई तनहुँ क्षेत्र नं. १, वैद्य काठमाडौं क्षेत्र नं. ४ र पाण्डे स्याङ्जा क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि भएका हुन् ।

उनीहरू खुलातर्फ महाधिवेशन प्रतिनिधि उठेका थिए । नेविसंघमा उनीहरूलाई तदर्थ समिति महामन्त्री मनोनीत गरिएको थियो । अब उनीहरू कांग्रेसको राजनीतिमा सक्रिय हुने भएका छन् ।

नेविसंघका महामन्त्री बलदेव तिमिल्सिना गाउँ अधिवेशनमा पराजित भएका थिए । महामन्त्री महेश्वरी कुँवर महाधिवेशन प्रतिनिधिमा पराजित भएकी थिइन् ।

Published : Wednesday, 2021 November 24, 12:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया