लुम्जुङ कांग्रेसको सभापतिमा टकराजको इन्ट्रीले बालुवाटारमा खुसीयाली
बेसीशहर । नेपाली कांग्रेस लम्जुङको जिल्ला सभापतिमा टकराज गुरूङ निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित भएका गुरुङ सभापति शेरबहादुर देउवानिकटका मानिन्छन् ।
गुरुङसँग गमप्रसाद गुरूङ सभापतिमा पराजित भएका छन् । सभापतिमा निर्वाचित टकराजले ६६९ मत ल्याएका थिए । गमप्रसादले ५३६ मत पाएका थिए ।
उप–सभापतिमा आनन्द घिमिरे र श्रीकान्त घिमिरे निर्वाचित भएका छन् । सचिव कृष्णबहादुर अधिकारी र विमल श्रेष्ठ निर्वाचित भएका छन् ।
सह–सचिवमा नरबहादुर गुरूङ र विश्व पौडेल निर्वाचित भएको कांग्रेस लम्जुङले जनाएको छ । लम्जुङ कांग्रेसको अधिवेशनमा देउवा समूहलाई जिताउन कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङको पनि भूमिका छ ।
सभापति शेरबहादुर देउवाले टेकबहादुर गुरुङलाई लम्जुङ कांग्रेसको अधिवेशनमा टिमलाई जिताउन निर्देशन दिएका थिए ।
आफ्नो गृहजिल्ला मनाङमा सर्वसम्मत कार्यसमिति र महाधिवेशन प्रतिनिधि बनाएका टेकबहादुर गुरुङले आफूसँग सम्पर्कमा रहेका लम्जुङ कांग्रेसका नेता कार्यकर्तालाई देउवा समूहलाई विजयी बनाउन अनुरोध गरेको एक नेताले बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया