लुम्जुङ कांग्रेसको सभापतिमा टकराजको इन्ट्रीले बालुवाटारमा खुसीयाली

बेसीशहर । नेपाली कांग्रेस लम्जुङको जिल्ला सभापतिमा टकराज गुरूङ निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित भएका गुरुङ सभापति शेरबहादुर देउवानिकटका मानिन्छन् ।

गुरुङसँग गमप्रसाद गुरूङ सभापतिमा पराजित भएका छन् । सभापतिमा निर्वाचित टकराजले ६६९ मत ल्याएका थिए । गमप्रसादले ५३६ मत पाएका थिए ।

उप–सभापतिमा आनन्द घिमिरे र श्रीकान्त घिमिरे निर्वाचित भएका छन् । सचिव कृष्णबहादुर अधिकारी र विमल श्रेष्ठ निर्वाचित भएका छन् ।

सह–सचिवमा नरबहादुर गुरूङ र विश्व पौडेल निर्वाचित भएको कांग्रेस लम्जुङले जनाएको छ । लम्जुङ कांग्रेसको अधिवेशनमा देउवा समूहलाई जिताउन कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङको पनि भूमिका छ ।

सभापति शेरबहादुर देउवाले टेकबहादुर गुरुङलाई लम्जुङ कांग्रेसको अधिवेशनमा टिमलाई जिताउन निर्देशन दिएका थिए ।

आफ्नो गृहजिल्ला मनाङमा सर्वसम्मत कार्यसमिति र महाधिवेशन प्रतिनिधि बनाएका टेकबहादुर गुरुङले आफूसँग सम्पर्कमा रहेका लम्जुङ कांग्रेसका नेता कार्यकर्तालाई देउवा समूहलाई विजयी बनाउन अनुरोध गरेको एक नेताले बताए ।

Published : Wednesday, 2021 November 24, 12:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया