अर्घाखाँचीमा पुष्पा भुसालको समूह पुच्छारबाट पहिलो, पौडेल समूह विभाजन हुँदा पनि पराजित

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको जिल्ला सभापतिमा केशव श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले ७३१ मत प्राप्त गरी विजयी भएका हुन् । श्रेष्ठसँग सभापतिमा इन्द्रमणि पौडेलले पराजित भएका छन् । इन्द्रमणिले ३५२ मत प्राप्त गरेका थिए ।

सभापतिमा उम्मेदवार बनेका श्रेष्ठ र इन्द्रमणि नेता रामचन्द्र पौडेल निकटका हुन् ।

सभापति शेरबहादुर देउवा समूहबाट सभापतिमा उम्मेदवार बनेका यादवप्रसाद घिमिरे तेस्रो स्थानमा आएका थिए । घिमिरेले ३०९ मत प्राप्त गरि पराजित भएका छन् ।

निर्वाचनमा १४ सय २१ मत खसेको थियो । २७ मत बदर भएको छ ।

सभापति विष्णुप्रसाद खनाल ‘मुस्कान’ले दोहोरिन चाहेका थिए । खनाललाई कसैले पनि छाड्न नमानेपछि सभापतिबाट उम्मेदवारी फिर्ता लिएका थिए ।

महासमिति सदस्य केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि इन्द्रमणि पौडेल र नेपाल शिक्षक संघ अर्घाखाँचीका जिल्ला अध्यक्ष यादव घिमिरेबीच सभापति पदमा निर्वाचन भएको थियो ।

सभापति देउवा निकटकी केन्द्रीय सदस्य पुष्पा भुसालले कुनै कमाल गर्न सकिनन् । प्रतिनिधि सभामा समानुपातिक सांसद समेत रहेकी भुसाललाई रामचन्द्र पौडेल समूहले नराम्रोसँग हराइदिएको छ ।

Published : Wednesday, 2021 November 24, 8:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया